

देवकी पौडेल
धादिङ्ग :धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं.१ मार्पाकमा रहेको शुभेच्छा साना किसान कृषि सहकारी सस्था लि.ले आफ्ना सदस्य कृषकहरुको लागि मिनिटेलर बितरण गरेको छ ।
उक्त मिनिटेलर बितरण कार्यक्रम सुबेक्षा साना किसान कृषि सहकारी सस्था, मार्पाक र कृषि ज्ञान केन्द्र, धादिङ्गको साझेदारीमा ५० प्रतिशत अनुदानमा सस्थाका शेयर सदस्यहरुलाइ जम्मा ६ थान मिनिटेलर वितरण गरीयो ।
५० प्रतिशत अनुदानमा मिनिटेलर प्राप्त गर्ने शेयर सदस्यहरु कोपिला कार्की, सुकुमाया तामाङ, सीता मगर, होम कुमारी पन्त, रिना गुरुङ र मुना थापा मगर गरि जम्मा ६ जनालाई सुबेक्षा साना किसान कृषि सहकारीका ब्यबस्थापक सावित्री अधिकारीले बितरण गरेकी थिइन ।
एउटाको रु ५५ हजार पर्ने मिनिटेलरको ५० प्रतिशत रकम अनुदान प्राप्त गरि शेयर सदस्य कृषकहरुले जम्मा रु २७,५०० मात्र ब्यहोर्नुपर्ने साथै उक्त मिनिटेलरको प्रयोगले आफ्ना खेतबारी जोत्न धेरै छिटो र सहज हुने सुबेक्षा साना किसान कृषि सहकारीका कर्मचारी बिष्णु तामाङ्गले भिजन न्युज नेपाललाई बताइन।
