भन्सार छलेर २३ किलो सुन भित्र्याएको आरोपमा साढे १८ करोड रुपैयाँ बिगोसहित मुद्दा दायर

काठमाडौं :भन्सार छलीको झन्डै २३ किलो सुन र गहनाको कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध भन्सार राजस्व छलीको मुद्दा दायर भएको छ ।

भारतको रक्सौल स्थायी ठेगाना भइ पर्साको वीरगञ्ज महानगरपालिका रेशमकोठीमा बस्ने अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाले २२ हजार नौ सय ५७ ग्राम सुन र एक हजार ७८ ग्राम चाँदीको अवैध कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।

उनीहरूबाट १८ करोड ६५ लाख दुई हजार बिगो असुल गरेर हदैसम्मको कैदको पनि माग गरिएको छ । भन्सार छलेर ल्याएको सुन र गरगहनाको अवैध कारोबार गरेर उनीहरूले राज्यलाई करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएको विभागको दाबी छ ।