भिजनसँगको शनिबारमा दुर्गानाथ दाहाल:जो मानिस,जनावर तथा पशुपंक्षीको समेत उतिकै उद्दार र सेवा गर्छन

आजको २१ औँ शताब्दीमा परोपकार र समाजसेवाको परिभाषा फेरिएको देखिन्छ । परोपकार जसलाइ पर र उपकारको एकमुष्ट रुपमा देखिएको पाइन्छ । जसको परिभाषा पनि स्पष्ट छ कि अरुको उपकार या सेवा गर्नु तर आजको समाज र विश्वमा कसले यस्तो फुर्सद पाएको छ कि आफ्नो मतलबको काम र कुरा छोडेर अरुको निम्ति काम र सहयोगका हातहरु बढाउन् । परोपकार यानिकी बिना व्यक्तिगत स्वार्थ र मतलब अरुको सरसहयोगमा समर्पित हुनु । यद्दपि आजको सन्दर्भमा परोपकार र समाजसेवालाइ आफ्नो जीवनको अभिन्न पाटो मान्ने थोरै र औँँलामा गन्न सक्ने मात्र भेटिन्छन् । यस्तै समाजको सकारात्मक सुधार र परिवर्तनको निमित्त आफूलाइ बिना स्वार्थ समाज र समाजका बसोबासीका लागि काममा सर्मपित हुनु समाजसेवाको रुपमा स्थापित हुँदा स्वच्छ समाजसेवीको पनि सङ्ख्या गन्यमा कायम रहेका छन् ।

यद्दपि आजको समय निस्वार्थ भावले र समाजका मानिसहरुको स्वच्छ मनले सहयोग गर्ने व्यक्तित्वभन्दा पनि सामाजिक सञ्जालमा दुइचारवटा फोटो र मिडियामा वाहवाहैको लागि तथाकथित सामाजिक सेवामा लागेको विकृति वालछ्याल रुपमा कायम रहेको छ । आजको विकृत समाजसेवा र परोपकारको सन्दर्भमा आफूलाइ पूर्ण रुपमा समाजसेवा र परोपकारी कार्यहरुमा समर्पित रहेका छन् व्यापारी, समाजसेवी, नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल ।

समाजसेवामा बाल्यकालदेखि झुकाव राख्ने दहाल आज नेपालको भूगोलभरि समाजसेवी र परोपकारी मनको नाममा प्रतिस्थापित रहेका छन् । सहयोगको आवश्कतामा परेका जो कोहीलाइ सहयोगको हात बढाइहाल्ने र आम् मानिसका लागि छिःछि र दुरदुरको पात्र बनेका रोगी, उत्पीडित, विवश, उद्धारको आवश्यकतामा परेकाहरुको लागि अभिभावक, एक छोरा, एक दाजु, एक भाइका रुपमा स्थापित भएका छन् ।

दहालद्वारा स्थापित संस्था, नवजीवन परोपकार समाजले पनि वहाँकै्र उद्देश्यलाइ मूर्त रुप दिँदै विगत् ४ वर्षदेखि कैयाँै पीडितलाइ उद्वार गरेको छ । नेपालमा भइआउने प्राकृतिक प्रकोप, गरिबीका फलस्वरुप आइपर्ने विभिन्न दुरावस्थामा संस्थाले सहयोगको पहलकदमी उठाइ आएको छ । जसअनुरुप हजारौँ घरपरिवार विगत् ४ वर्षमा उद्वार भएका छन् । तर दुर्गानाथ दाहालको व्यक्तिगत रहोबरमा लाखौँ व्यक्त मात्र नभइ हजारौँ चराचुरुङ्गी, पशुपन्छी, घरपालुवा, जङ्गली जनावरहरु उद्वार भएका छन् ।

वि.सं २०३७ मा काभ्रे जिल्लाको बनेपा, उग्रचण्डी नगरपालिका नालामा जन्मेका दाहालले आफ्नो बाल्यकालदेखि नै पिताको उत्प्रेरणाबाट समाजसेवामा आफ्ना कदम आजीवनलाइ बढाएको पाइन्छ । पिता दिनानाथ दहालको कार्यसमिति सदस्यतामा वि.सं २०४८ मा उनलाइ रेडक्रशको आजीवन सदस्यता प्राप्त भयो । जसबाट पनि उनी समाजसेवा र परोपकारका कार्यहरुमा सरिक हुन बढी उत्सुक भए । त्यसमाथि पनि आफ्ना पिताको समाजसेवी भाव र कार्यहरुले उनी यस बढी प्रभावित रहेका छन् ।

आफ्नोे बाल्यकालमा पिताले गाउँमा निमार्ण गरेका पाटीपैवाहरु, बस्ने चौतारीहरुजस्तो समाजसेवी भावले र पिताको निरन्तर दीक्षान्त कि मरेर गएपछि पनि मान्छेले सम्झिउन् भन्ने कुराले निरन्तर उनमा पक्का समाजसेवी बन्ने हौसला मिलेको हो । आफ्ना पिताले गाउँका दीनदुःखीहरुलाइ गरेको सहयोग र मद्दत सम्झँदै उनी थप्छन्, गाउँमा नयाँ पाहुना या बासको खोजीमा कोही भौतारिए आफ्नो पिताको घरमा जान सबैले सुझाउँथे । आफ्ना पिताको सचरित्र र समाजसेवी भावले आफूमा पनि त्यही भाव बीजारोपण भएकाले हालसम्म उनी निरन्तर समाजसेवाको कार्यमा दत्तचित्त रहेका छन् ।

नेपालको महाभूकम्प २०७४ सालपूर्व समाजसेवी अभियन्ताको रुपमा रहेका दाहालले कैयौँ यस्ता घतलाग्दा कार्यहरु गरेको पाइन्छ । बाटोमा चोटग्रस्त रहेका मानिसहरु, जसलाइ आम् मानिसद्वारा हेय भावले दृष्टिगोचर गरिन्छ । वहाँलाइ उनले आफ्नो निजी आर्थिक खर्चद्वारा नै सरसहयोग गरेर उपचार गर्नुभयो, यस्तै विभिन्न दुर्घटनामा परेर घाइते भएका पशुपन्छी, घरपालुवा जनावरहरुको उद्वार र उपचारमा उनी पुरै मनले समर्पित भए ।

जसलाइ देखेर साधारण मानिसले नाक खुम्च्याउने र आँखा अन्तै मोड्ने गर्छन् । परोपकार र परसहयोगको उद्देश्यले हिँडेका दहालले नवजीवन परोपकार समाजको स्थापना पूर्व पनि थुप्रो उदाहरणीय कार्यहरु गरेको पाइन्छ । यद्दपि २०७४ चैत्र २० गते संस्था स्थापना हुनुपूर्व उनलाइ निकै दोषपूर्ण घटनाले उत्प्रेरित ग¥यो । जसमा उनले अभियन्ताको हकमा रहेरै एक दृष्टिविहीनको उद्वारका लागि लागि पर्नुभयो । उनलाइ नै सम्पर्क गरेका हुनाले उनी मद्दतका लागि पनि दौडिए ।

जहाँ उनले सम्पर्क गर्ने व्यक्तिको एकदम दयनीय अवस्था फेला पारे किनकि खानका लागि एक गेडा चामल नभएको र स्वास्थ्यमा गम्भीर अवस्था रहेको थियो । यससँगै उहाँले नर्भिक अस्पतालमा उहाँलाइ भर्ना गर्नुभयो तर सो व्यक्तिको घरपरिवार कोही पनि नरहेको कुरा अवगत गराइएको थियो र दाहालको हनुरोधमा नर्भिक अस्पतालले निशुल्क उपचार गरेको थियो । जसको हप्ता दिनमा सो व्यक्तिको निधन भयो । यस कुरालाइ लिएर घरपरिवार नभएको भनिएको व्यक्तिको श्रिमती र घरपरिवार सबै रहेको फेला प¥यो । यसै घटनामा उहाँले अभियन्ताको हकमा काम गर्दा जेल चलानीको धम्कीसमेत सुन्नुप¥यो ।

उक्त घटनाबाट चेत पाएका दहालले कुनै संस्थाको स्थापनाको आवश्यकता देखेर नै नवजीवन परोपकार समाजको स्थापना भएको देखिन्छ । जससँगै वि.सं २०७२ सालको महाभूकम्प अर्को कारक तत्त्वको रुपमा रहेको छ । भूकम्पबाट प्रभावित, घाइते, घरबार बिहीनहरुको सहयोगमा जुट्न पनि कुनै अप्रत्याशित घटना हुन गएमा भनेर उनले सहयोग र समाजसेवाको हातसँगै २०७४ सालमा नवजीवन परोपकार समाजको स्थापना गरे ।

नवजीवन परोपकार समाज उत्पीडित, घाइते, घरबार बिहीन, अपहेलित, घरबाट निकालिएका, वास्ता नगरिएका, मानसिक सन्तुलन गुमाएका, आर्थिक विपन्नताले उपचारार्थ लग्न नसकिएकाहरुको उद्वार कार्यमा सरिक रहँदै आएको छ । सम्पूर्ण जीवित प्राणीहरुको उद्वार र सहयोगमा जुट्दै नयाँ जीवन प्रदान गरिने हुनाले नै संस्थाको नाम नवजीवन परोपकार समाज रहन गएको हो भन्नेमा अध्यक्ष दहाल जोड दिन्छन् ।

हालसम्ममा अनगिन्ती कार्यहरु भइसकेका समाजको हालसालका परोपकारी कार्यहरु भनेका कलाकार निशा अधिकारीको उद्वार र उपचामा समर्पित रहनु र मेलम्ची बाढी पीडितलाइ सरलीकृत गर्न राहत लैजानु रहेका छन् । अरुका हकमा जब फेशबुकमा निशा घिमिरेको खबरहरु हेर्दै ट्रोल गरिरहेका थिए । अध्यक्ष   दाहालले नर्भिक अस्पतालको साथ र सहयोगमा घिमिरेको उपचार र उद्वारमा सरिक रहेर अर्को मानवीय कार्यको उदाहरण प्रस्तुत गरेको छ । निशा घिमिरे जस्तै कैयौँ सडक मानवहरु जसले सडकबाहेक अन्य बासस्थान र कर्मथलो देखेका छैनन् । वहाँहरुको गुणस्तरीय जीवन र सुधार भएको जीवनको जिम्मा नवजीवन परोपकार समाजले लिएको छ किनकि यसै कार्यमा समर्पित संस्था र दुर्गानाथ दाहाल यिनै कार्यहरुमा भरपुर खुशी र सन्तुष्टि मिल्ने गरेको छ ।

विश्वमा हरेक सफल व्यक्तिहरुको जीवनमा एक पटक उनीहरुलाइ पागलको संज्ञा दिइएको पाइन्छ । अल्बर्ट आइन्सटाइन, आर्किमिडिज जस्ता विद्वान्हरुलाइ त पागल करार दिन पछि नपरेको समाजले समाजसेवी दुर्गानाथ दाहाललाइ पागलको संज्ञा नदिने त कुरै भएन ।

उनले संस्थाको स्थापना पूर्व र सामाजिक सञ्जालमा आफ्नो नाम ख्यातिप्राप्त हुनुपूर्व पागलको संज्ञा थुप्रै प्राप्त गरेका छन् । यही सन्दर्भमा आफ्नो विदेश भ्रमणमा अरु सबैले माछाको परिकार बनाएर स्वाद मानेर खाएको बेलामा आफूले जीवित माछाहरु किनेर पुन लगेर समुद्रमा लगेर फ्याँकिदिएको भन्ने प्रसङ्ग सुनाए । यस्तै नेपालमा भूकम्पपश्चात रानी पोखरीका माछाहरुलाइ आफ्नो व्यक्तिगत र संस्थागत रहोबरमा कमल पोखरीमा स्थानान्तरण गरिएको घटना सर्वविधितै रहेको छ । उनी मानिस मात्र नभइ कुनै पनि जीवजन्तु पीडामा रहेको देख्न सक्दैनन् ।

बाटोमा चोटपटक लागि राखेका कुकुर, बिरालोहरुलाइ उनले लगेर उपचार गर्ने र ठीक पारेर मात्र सोही स्थानमा छोडिदिने घटनाहरु थुप्रै चर्चामा आएका पनि छन् । यसै गरेर थुप्रो मानसिक रोगीहरु जसले बाटोमा शरण लिएका छन् । उनीहरुको सकुशल उद्वार र उपचारका विभिन्न घटनाहरु पनि सार्वजनिक भएको पाइन्छ । त्यसमाथि पनि विभिन्न घटनामा परेर चोटपटक लागेका, अङ्गभङ्ग भएका, दुर्घटनामा परेकाहरुको उपचार र उद्वारमा उनी खटिराखेको जानकारी र समाचारहरु सार्वजनिक भइराखेका छन् ।

सामाजिक सेवामा लाग्दा र पीडितहरुको उद्वारमा खटिइरहँदा उनले निकै साथीभाइहरुको छिःछि दुरदुर पनि भोग्नु प¥यो । समाजसेवामा लागिपरेको हुनाले मानिसहरुको दृष्टिकोण र नजरियामा फरकपना र अलिक हेय भाव त उनले पक्कै फेला पारे तर हाललाइ अवस्था फेरिएको छ । पहिले बेवास्ता गर्नेहरु अहिले नतमस्तक रहेकोमा उनी गर्वानुभूति गर्दछन् । समाजसेवी मात्र नभएर एक सफल व्यापारी पनि रहेका दाहालको न्यूरोड र बौद्धमा दुइवटा कपडा पसलहरु रहेका छन् ।

उनीसरहका साथीभाइ अहिले गाडि चढेर हिँड्दा र आफू साधारण मोटरसाइकलमा हिँड्दा हीनताको महशुस त गर्छन् नै तर उनीहरुले आफ्नो कामलाइ सराहनीय ठानिदिँदा दाहाल खुशीले झुम्छन् । आफूले गरेको काममा उनलाइ कहिँकतै पनि ग्लानि भाव भने छैन । अरुले गर्न चाहेर पनि गर्न नसकेको कामलाइ गरिरहँदा उनी एक प्रकारको सन्तुष्टि व्यक्त गर्दछन् ।
नेपालमा थुप्रै सरकारी, गैर–सरकारी संस्थाहरु मानवीय संसक्षण र जनावरहरुका संरक्षणमा जुटेका छन् ।

यिनमा कुनै पनि आर्थिक कारोबार र स्वार्थ नराखिकन लागेको यस संस्थाले हालसम्म व्यापारी दुर्गानाथ दाहालको स्वयम् व्ययहरु र विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका व्यक्तित्वहरुको निजी आर्थिक सहयोगमा आर्थिक व्ययभार जुटाउँदै आएको छ । दुर्गानाथ दाहाल नाम राज्यभर गुञ्जिएसँगै थुप्रै मनहरु द्यहाल र संस्थासँग जोडिनको निमित्त र आफूले सकेको सहयोग गर्नका निमित्त लागि परिरहेका छन् । जसको माध्यमबाट नै संस्थाले नेपालभरिका विभिन्न भूभागका मनिसहरुलाइ सहयोग र उद्वार कार्य सम्पन्न गरिराखेको छ । यद्दपि जनसेवा र परोपकारको सुकार्यमा सरकारको प्रत्यक्ष सहभागिता हुनुपर्ने समयमा दुर्गानाथ दाहालजस्ता सयौँ युवाहरु र संस्थाहरु लागि परिराखेका छन् । सरकारमा आउने बजेट सम्बन्धित निकाय र सम्बन्धित कार्यमा सफलता पूर्वक नपुगेको र खर्च हुन नसकेको बताउँछन् अध्यक्ष दाहाल ।

वृद्धवृद्धा जो आफ्नो सन्तानको स्याहार नपाएर घरका चार कोठाभित्र बाँधिन बाध्य छन् । उनीहरुको इच्छा आकाङ्क्षालाइ ध्यानमा राखेर दाहालले आश्रम, नवजीवन परोपकार समाजमा घण्टौँ रमाउन सक्ने र हराउन सक्ने वातावरणको निर्माण गरेका छन् । जहाँ चराचुरुङ्गीहरुको साथमा रमाउने, स्वच्छ वातावरणयुक्त रमणीय ठाउँ पाइन्छ । सरकारले राम्रो खर्च गरेर वृद्धाश्रमहरुको उचित व्यवस्थापन गरेमा सन्तानको अपहेलना र बेवास्ताबाट घरको कोठामा थुनिएर डिप्रेशन भएर बसेका वृद्धवृद्धाहरुको राम्रो स्याहार र हेरविचारमा ध्यान पु¥याउन सकिन्थ्यो भन्छन् दाहाल । यही प्रसङ्गमा बच्चाहरुको लागि मन्टेसोरी हुने तर वृद्धवृद्धाहरुको स्याहारको लागि वृद्धाश्रमको व्यवस्था नभएकोमा अलिक खिन्नता प्रकट गर्छन् दाहाल ।

हुन नेपाली समाजमा आश्रमहरु खुलेबापत् सन्तानको बेइज्जती हुने कुराले सरकार सजग रहेको होला भनेर प्रसङ्ग जोड्दै आउँदा योजनाहरुमा हरेक प्रदेश र जिल्लाजिल्लामा यस्ता संस्थाको आयोजना गर्नेमा दाहाल रहेका छन् । जसमा हरेक प्राणीको सेवा, वृद्धाश्रम, बालआश्रम, जनावरको उद्धार र उपचारका लागि सेण्टर बनाउने जस्ता लक्ष्य संस्थाले लिएको छ । यस्तै सडक मानवहरुलाइ सडकमा नआउनको लागि सचेतना र उनीहरुका घर परिवारको लागि नैतिक शिक्षा दिने कार्यहरुलाइ लिएर संस्था अघि बढी राखेको पाइन्छ । यससँगै संस्थाले सकारात्मक सोच विकासको लागि ध्यान र योगको पनि सञ्चालन गर्न लागेको छ ।

आफूले गर्ने गरेका काममा यदि सरकारले उचित व्यवस्थापन र राम्रो ध्यान पु¥याइदिएको भएमा आफूजस्तो युवाहरु सामाजिक कार्यमा लाग्नै नपर्ने कुरामा जोड दिन्छन् । सरकारले सडक मानवहरुको उचित व्यवस्थापन, गरिबीको निवारण, आश्रमहरुको उचित व्यवस्थापन गरिदिएमा देश राम्रो दिशातिर हिँड्ने थियो भन्ने अपेच्छा राख्छन् । यद्दपि अहिले आफूले गरेको कामहरुबाट जुन कीर्ति र यश प्राप्त भएको छ । त्योभन्दा पनि बढी थुप्रो जमातले आफूले गरेको कामलाइ सराहनीय ठानिदिएर धेरैलाइ हौस्याएकोमा आफूप्रति खुशीको भाव राख्छन् दाहाल ।

आज उनी थुप्रै युवाहरुमा सामाज सेवाको राम्रो छाप दिलाउन सफल भएका छन् र सम्पूर्ण युवा वर्गलाइ यस कार्यमा तृप्त हुने सन्तुष्टि मिल्ने पाठ सिकाएका छन् ।
यस नवजीवन परोपकार समाजको निरन्तर सञ्चालन र आजपर्यन्त अनेकानेक समाजसेवाका कामहरुको लागि अध्यक्ष दाहालसँगसँगै संस्थाका अन्य सदस्यहरुको पनि उत्तिकै भूमिका रहेको कुरामा कुनै दुइ मत छैन । सोही समाजसेवाको अतुलनीय कार्यमा निम्न उल्लिखत सदस्यहरुको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ ।

१. दुर्गानाथ दाहाल अध्यक्ष
२. राधेश्याम खड्का उपाध्यक्ष
३. दिपक राज जोशी महासचिव
४. मिरा के.सी कोषाध्यक्ष
५. शान्ति तिवारी सचिव
६. अजय अधिकारी सदस्य
७. घमान तामाङ्ग सदस्य
यदि नवजीवन परोपकार समाजले गरेको कामहरुमा तपाइँ पनि सहभागी हुन चाहनु हुन्छ भने सकेको मद्दत गरेर सहभागी होऔँ । संस्थाको खाता नम्बर र सम्पर्क नम्बरः
कृषि विकास बैङ्क, महाराजगञ्ज शाखा खाता नम्बरः ०२१०४०१८४८४८००१८, सम्पर्क नम्बरः ९८५१०५९८९२