
सरकार हामीलाई भिख चाहिदैन, केवल एउटा उपहार पठाईदेऊ ?
जातिय भेदभावमा हुने सरकारि कोटा हटाईदेऊ देऊ ?
जातको आधारमा नभएर गारिबको आधार कोटा छुट्याईदेऊ ?
हरेक व्यक्तिलाई स्थान उसको योग्यता अनुसारमा पुर्याईदेऊ ?
सम्पत्ति हात पार्न श्रीमतीको कुरा सुनी त्यो छोरोले बाआमा मार्ने षड्यन्त्र रच्दै छ रे,
वृद्धाश्रम राखिएका बाआमा मरेको झुटो समाचार सरकार कसैले त्यो छोरा ,बुहारी पठाईदेऊ ।
अरे यार तिम्रो देखावटि मायाको डरले म पलपल मर्न बाध्य छु ,
ए माया गर्ने मान्छे एकैपल्ट मार्न साँचो तिरस्कार पठाईदेऊ सरकार ?
खै किन जिन्दगीमा जिन्दगीकै स्वाद छैन हौ आजभोलि ?
सरकार ती बुढी आमालाई ,अव फेरि हर्लिक्सको डब्बामा ,
प्रदेश मा भएको त्यो छोरालाई पिरो अचार पठाइदिने बाताबरण बनाईदेऊ सरकार ?
सरकार घर अन्धकार हुँदा मेरा बच्चाहरुको भविश्य पनि अन्धकार देख्दैछु ,
सरकार मेरा आँखा धितो राखि गाउँमा बिजुलिको तार पठाईदेऊ?
सरकार दुई ,पैसा र चुनावमा भोटका लागि नागरिकता विध्येक पास नगरीदेऊ न ?
सरकार म नेपाली हो भनेर चिनिने परिचय पत्र पठाईदेऊ ?
सरकार मैले आउने पुस्ता लाई पुर्खा हामीलाई नेपाल देश
जसरी छोडीदिएका थिए त्यसरि दिन सकिने बाताबरण बनाईदेऊ ।
सरकार दुई ,पैसा र चुनावमा भोटको लागी नागरिकता विधेक पास नगरीदेऊ ।
सरकार म नेपाली हो भनेर चिनिने परिचय पत्र पठाईदेऊ ?
सरकार नेपाली हो भनेर गर्व गर्न वाताबरण बनाइदेऊ न ?
