बलिउड अभिनेत्री प्रियंका चोपडाले खडा गरेको कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा

६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउने सकिने


भारत :बलिउड अभिनेत्री प्रियंका चोपडाले कोरोनाका कारण समस्यामा परेकाहरूको सहयोगका लागि स्थापना गरेको कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको छ । उनले केही दिन अघि मात्रै यो कोषको स्थापना गरेकी थिइन् ।

प्रियंकाले सामाजिक सञ्जाल मार्फत् कोषमा उक्त रकम जम्मा भएको जानकारी दिएकी छिन् । उनले कोषमा थुप्रै गायक–गायिकादेखि कलाकारले सहयोग रकम जम्मा गरेको बताएकी छिन् ।

अनलाइन मार्फत् सुरु भएको कोषमा जम्मा भएको रकमलाई लिएर प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । उनले सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।

उनले लेखेकी छिन, ‘हामीले ३ मिलियन डलर अर्थात् २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएका छौँ । यो रकमले ५०० अक्सिजन कन्सन्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिन्छ ।’प्रियंकाले ६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउने सकिने पनि जनाएकी छिन् ।