गजल-  रमेश रसिक

जिन्दगीले पनि यस्तो हर्कत देखाईरहन्छ।
गरिबी,पीडा र भोकको संगत देखाईरहन्छ।

एक पटक मात्र लागेको हो बिछोडको घाऊ
यो मुटुले बारबार त्यही खत देखाईरहन्छ।

हिजो गाईले बाली खाएकोमा झगडा गर्‍यो
आज छिमेकीले मेरै जरूरत देखाईरहन्छ।

म त्यही परिवेश बिचमा हुर्किएको मान्छे हुँ
स्वयं नाङ्गिएर अरूको इज्जत देखाईरहन्छ।