गर्भावस्थामा पौष्टिक खाना र हेरचाह

गर्भावस्था र स्तनपान गराउने बेलामा, उचित पोषण भएन भने आमाको स्वास्थ्य तथा जन्मने नवशिशुको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्दछ ।गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ ।

सुत्केरीरस्तनपान गराइरहेकी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने ७ समूहका विभिन्न खाद्यवस्तुहरु
१.अन्न वा जमिन मुनी फल्ने कन्दमूल,
२. गेडागुडी, तेलहन, बियाँ
३.दूध तथा दूग्ध पदार्थ,
४. मासुरमाछा,
५. अण्डा,
६.भिटामिन ए पाइने फलफूल र तरकारी जस्तै ९ पाकेको मेवा, आँप, सुन्तला, गाजर र फर्सी
७. अन्य फलफूल तथा तरकारी मध्येबाट कम्तिमा ४ समूहका खानेकुराहरु खुवाउनु पर्दछ।

सबै खाना समूहबाट विविध खाना खानाले सुत्केरी अवस्थामा सुक्ष्म पोषक तत्वको कमीबाट टाढा रहन सकिन्छ ।गर्भवती स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक दिन साविक भन्दा १ पटक थप खाना खाएको सुनिश्चित गर्नुपर्छ ।

सुत्केरी महिलाहरुलाई यस्तो अवस्थामा विशेष गरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला ९मेथी, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिश्री, सख्खर ,थप पोषिलो खाना खुवाएमा दुध उत्पादन गर्न मद्दत गर्दछ । यसको साथै सुत्केरीरस्तनपान गराइरहेकी महिलालाई साविकको खानाको साथसाथै थप २ पटक पोषिलो खानाहरु खुवाउनु पर्दछ ।

त्यसका साथसाथै रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ, आदि पनि खुवाउनु पर्दछ। बालबालिका जन्मिएपछि आमालाई ४२ दिन भित्र १ मात्रा भिटामिन ए क्याप्सुल खुवाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंय सेविकासँग सम्पर्क गर्नुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँदछ जसले बालबालिकालाई स्वस्थ र बलियो बनाउँछ । भिटामिन ए धेरै मात्रामा पाइने खानेकुराहरु जस्तै अण्डा, कलेजो, पाकेको मेवा, फर्सी, गाँजर पनि खुवाउनु पर्दछ ।

शाकाहारी वर्गको हकमा भने उनीहरुले गेडागुडी, टुसा उमारेको गेडागुडी, दूध तथा दूग्ध पदार्थ, भटमास, तेलहन लगायतका खानेकुराहरुमा जोड दिनुपर्छ।

गर्भावस्था र स्तनपान गराउने बेलामा, उचित पोषण भएन भने आमाको स्वास्थ्य तथा जन्मने नवशिशुको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्दछ
यसको साथै सुत्केरीरस्तनपान गराइरहेकी महिलालाई साविकको खानाको साथसाथै थप २ पटक पोषिलो खानाहरु खुवाउनु पर्दछ
गर्भवती भएको चौथो महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दिनको एक चक्कि आइरन फोलिक एसिड खानुपर्छ । आइरन फोलिक एसिड चक्कि सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ ।

पहिलो गर्भवती जाँचमा स्वास्थ्यकर्मीसँग जुकाको औषधी (एलबेन्डाजोल) लिनुपर्छ । गर्भवती महिला र शिशुलाई टिटानस र भ्यागुते रोगबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाह अनुसार टिटि खोप पनि लिनुपर्छ ।गर्भवती आमाले आयोडिनयुक्त नुन खाएर शिशुलाई सुस्त मनस्थिति, होचोपुड्को, छाला र कपालको समस्या, गलगाँड आदि हुनबाट बचाउनु पर्दछ ।

किशोरी,गर्भवती महिला र स्तनपान गराई रहेकी महिलाले धुम्रपान, मद्यपान गर्नु हुदैन तथा धुवाँमा बस्न हुदैन । आमा र बालबालिकालाई स्वस्थ राख्न श्रीमान्ले सुत्केरी श्रीमतीले दिनको थप २ पटक पोषिलो खाना खाएकी छिन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ ।खानेपानीलाई शुद्धिकरण गरेर मात्र पानी पिउनुपर्छ । पानीलाई उमालेर, क्लोरिन झोल हालेर वा फिल्टर गरेर शुद्धिकरण गरेर पिउनुपर्छ ।