
रेश्मा बिसङ्के,
धादिङ्ग :धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिकामा वाई.सि.एल नेपालले गाउँ सभा स्थगित गर्न ज्ञापन पत्र बुझाएको छ ।
गाउपालिकाको ५ वटै वडाहरुमा भोली असार १० गते गाउँ सभा तथा आर्थिक अधिबेशन गर्ने कार्यक्रम रहेकोमा आर्थिक बर्ष २०७६/७७ तथा ७७/७८ को सार्बजनिक सुनुवाई नगरी नवौ गाउँ सभा तथा पाचौ आर्थिक अधिबेशन गर्न लागिएको र गाउपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको भातृ संगठन वाई.सि.एल नेपाल नेत्रावती डबजोङ्ग गाउपालिका कार्यसमिति धादिङ्गले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ ।
उक्त ज्ञापन पत्र बुझाउन नेत्रावती डबजोङ्ग गाउपालिकाका वाई.सि.एल अध्यक्ष दिपक तामाङ्ग, गाउपालिका ईन्चार्ज राज कुमार अधिकारी तथा वडा नं.४ का ईन्चार्ज बिक्रम वाईवा लगायत आफै उपस्थित थिए ।
उनिहरुले ज्ञापन पत्रमा गाउँपालिकाका बिकास निर्माणका कार्यहरु तथा खरिद कार्यहरु लगायत बिबिध कार्यहरुमामा समेत चरम आर्थिक अनियमितता भएको भन्ने व्यापक जनगुनासो आएकोले ती सबै बिषयहरुको छानबिन हुनेपर्ने र सार्बजनिक सुनुवाई पश्चात् मात्र गाउँ सभा हुनुपर्ने माग समेत ज्ञापन पत्रमा समाबेश गरिएको वाई.सि.एल नेपाल नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं.४ का ईन्चार्ज बिक्रम वाईवाले भिजन न्युज नेपाललाई जानकारी गराए
