
बारा :बारामा बुधवार बेलुका ६ बजेको समयमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका–२० बसडिलवाका २८ वर्षीय विजय यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।
त्यस्तै चट्याङ लागेर सिमराका सहमुदिन अन्सारी र शान्ति देवी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगञ्जमा उपचार भइरहेको छ ।
