भिरबाट लडेर तेह्रथुममा एक पुरुषको मृत्यु

तेह्रथुम :तेह्रथुमको आठराई गाउँपालिका १ संक्रान्तिबजारमा भिरबाट लडेर एक जनाको मृत्यू भएको छ ।

संक्रान्तिबजारको खेलपुरमा मंगलबार विहान घाँस काट्न घरबाट हिडेका ३७ वर्षीय चन्द्रबहादुर दर्नालको भिरबाट लडेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी नीरिक्षक शेशकराम थान्दारले जानकारी दिनु भयो ।

घटना स्थालमा घाईते अवस्थामा भेटिएका उनको घरमा पुर्याउँदा मृत्यू भएको प्रहरीले जनाएको छ । दर्नाल घरबाट विहानै मद्यिरा सेवान गरी घाँस काट्न जादाँ घर नजिकैको भिरबाट लडेको बताइएको छ ।