तेह्रथुममा शब लिएर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुदा ४ जना घाईते

सन्तोष निरौला
तेह्रथुम :तेह्रथुमको आठराई गाउँपालिका वडा नं.४ ईवाको कालिपामा आज दिउँसो ट्याक्टर दुर्घटना भएको छ । उक्त ट्रयाक्टर दुर्घटनामा परि ४ जना घाइते भएका छन् ।

संक्रान्तिबजारबाट शव लिएर ईवा जादै गरेको प्र १–०२–००३ त ५६१ नम्बरको ट्याक्टर दुर्घना भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी नीरिक्षक शेशकराम थान्दारले जानकारी दिए।

दुर्घटनामा परी ईवाका ३५ वर्षीया विमला मगर, ४२ वर्षीय इश्वरी मगर, ४२ वर्षीय विरबहादुर मगर, १७ वर्षीय सागर मगर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते भएकाहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजार ल्याइएको र घाईतेहरुको उपचार भईरहेको तेह्रथुमबाट ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार, तेह्रथुमका प्रहरी नीरिक्षक शेशकराम थान्दारले भिजन न्युज नेपाललाई जानकारी दिएका छन।