जिल्ला अस्पताल, धादिङ्गमा जडित अक्सिजन प्लान्ट प्रदेश राज्य मन्त्री डा.रामकुमार अधिकारी द्वारा उद्दघाटन हुँदै

के.आर.अधिकारी क्षेत्री,
धादिङ्ग : बागमती प्रदेश सांसद एवं प्रदेशका सामाजिक विकास राज्य मन्त्री डा.रामकुमार अधिकारीले बिहिबार धादिङ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला अस्पताल, धादिङमा ४० लाख खर्चमा अक्सिजन प्लान्टको उपकरण जडान कार्य सम्पन्न भईसकेको र परिक्षण समेत भईसकेकोले राज्यमन्त्री अधिकारीले असार १० गते ११ बजे उद्घाटन गर्न लागेका हुन।

प्रतिमिनेट अन्दाजी ८०–९० लिटरसम्मको अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको यस प्लान्टबाट उत्पादित अक्सिजन पाईपलाईनबाट अस्पतालको आई.सी.यू.र अन्य वार्डमा रहेका बेड बेड सम्म पुर्‍याईएको छ भने अब आबश्यकता अनुसार बेड बाटै बिरामीले अक्सिजन प्रयोग गर्न सकिने भएको छ ।

त्यसै गरि जिल्ला अस्पताल, धादिङ्गमा प्रदेश सरकारले फेरी अर्को अक्सिजन प्लान्ट समेत बनाउँदै गरेको जानकारी अस्पताल प्रशासनले गराएको छ । यसको लागि धादिङको जिल्ला अस्पताल सहित ७ वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बोलपत्र समेत आह्वान गरि सकेको छ ।

यी अक्सिजन प्लान्टहरु बनिसकेपछि सिलिण्डरमा भरेर जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा लैजान साथै नियमित अक्सिजन प्रयोग गर्नुपर्ने बिरामीहरुले समेत सिलिण्डरमा भरेर घरैमा लगि प्रयोग गर्न समेत सक्नेछन् ।