दैलेखमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना प्रकाउ

पुष्कर खड्का
दैलेख :दैलेखको गुराँस गाँउपालिका ३ का भद्रबहादुर वुढालाई जबरजस्ती करणी गरेको आरोपमा प्रकाउ गरियको छ ।
२३ बर्षिय युवतीलाई करणी गरेको आरोपमा वुढालाई प्रकाउ गरियको दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुप श्रेष्ठले जानकारी दिएका छन ।

पिडितका अनुसार वुढाले ती युवतीलाई असार ६ गते आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको जनायको छ । पिडित परिवारले मंगलबार प्रहरिमा जाहेरि दरखास्त दिएका थिए ।

युवती असार ६ गते उक्त गाँउपालिका ३ सेरिवाडास्थित आफन्तले बनायको घर पैँचोमा गएकि थिइन । उनी सोही दिन मामा घर जाँदै थिइन । मामा घरमा जान लागेको बेला भद्रबहादुरले मेरो घरमा सुत्न जाउ भनेर ती युवतिको हात समाति लतार्दै लगेको प्रहरि अनुसन्धानले खुलायको छ ।
साथै मुख थुनेर चिच्याउन नदिइ भद्रबहादुरले युवतीलाई जबरजस्ती करणी गरेको प्रहरिले जनाएको छ ।

पिडित युवतिको आमाले दियको बयान अनुसार प्रकाउ परेका वुढालाई जबरजस्ती करणी सम्बन्धि कुसर मुद्दा दर्ता गरि दैलेख जिल्ला अदालतबाट १० दिन थप गरि घटनाको थप अनुसन्धान थालियको डिएसपी श्रेष्ठले बताए ।