तेह्रथुममा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या


तेह्रथुम :तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ४ ईवा, कैजलेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आठराई गाउँपालिका वडा नं. ४ कैजलेका भिम पुलामि मगरले श्रीमतिको हत्या गरेका हुन् ।

मगरले असार १ गते राती घरायसी झगडाका क्रममा ३५ वर्षिया हरिकला मगरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महिलाको शव अहिले पोष्टमार्टमका लागि ईलाका प्रहरी कार्यालय आठराई सक्रान्ति तर्फ लैजादै गरेको डिएसपी थापाले जानकारी दिएका छन ।

घट्ना असार १ गतेको भएपनि घट्ना भएको ठाउँ एकान्तमा भएकोले गर्दा उक्त घटना स्थानीयले नौ दिन सम्म थाहा नपाएको स्थानियको भनाइ छ ।

घट्नापछि श्रीमान भिम पुलामि मगर फरार रहेका छन । उनको खोजिकार्य सुरु गरिसकेको जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी नायव उपरिक्षक गौतम थापाले जानकारी दिए।