व्याबसायिक बाख्रा तथा कुखुरा पालनमा तेह्रथुमका युवा

रबिन उप्रेती
तेह्रथुम :तेह्रथुमको आठराई गाउँ पालिका ७ थोक्लुङका युवाले बिदेशी मोह त्यागी व्याबसायिक बाख्रा तथा कुखुरा पाल्न थालेका छन।
तेह्रथुमको आठराई गाउँ पालिका वडा नम्बर ७ थोक्लुङका सुरज तामाङ्ले ब्याबसाहिक बाख्रा तथा कुखुरा पाल्न थालेका हुन। बिदेस गएर अर्काको देशमा पसिना बगाउनुको सट्टा आफ्नै परिवारसँङ बसि आफ्नै ठाउँमा केही गर्ने उदेश्यले फर्म सन्चालमा ल्याएको तामाङको भनाइ छ।

करिब ६ महिना पहिला संञ्चालनमा आएको फर्ममा ८०ओटा बाख्रा र ५०० भन्दा बढी लोकल कुखुरा रहेका छन।

यहाँ उत्पादन भएका बाख्रा तथा कुखुरा फिदिममा बिक्री हुने गरेको तामाङको भनाइ छ। पछिल्लो युवा पुस्ताको मोह वैदेशिक रोजगारीमा बढेकाले गर्दा गाउँका खेतवारी बाझै देखिन थालेका छन । तेसरी बाझै रहेका खेतवारी भाडामा लिइ ब्याबसाय सन्चालनमा ल्याइएको उन्को भनाइ रहेको छ।