दैलेखको दुल्लु नगर स्वास्थ्यकर्मी संघद्धारा ध्यानाकर्षण तथा सुझाव पत्र पेश


नारायण रिजाल
दैलेखकोः दुल्लु नगरपालिकामा दुल्लू नगरपालिका स्तरीय नेपाल स्वास्थ्यकर्मी संघले एक ध्यानाकर्षण तथा सुझाव पत्र नगरप्रमुख सामु पेश गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको हाल द्रोसो लहरको प्रकोपबाट ज्यादै कठिन परिवेशमा गुन्जिरहेका छौं ।

यस्तो अकल्पनीय महामारीमा आफु र आफ्नो परिवार भन्दा जनताको स्वास्थ्यलाई माथि राखी स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न अहिलेको अवस्था तथा अनुसन्धानले मामाले भएर हुन नदिन स्वास्थ्यकर्मीको सुरक्षा पेशागत सुरक्षा लगायत अन्य सुविधाको सुनिश्चित गर्न नितान्त आवश्यक भएको भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यसअघि २०७८ वैशाख २८ गते नगर स्वास्थ्यकर्मी संघले दुल्लु नगरपालिकामा बुझाएको पत्रमा भएका मागहरूको उचित सम्बोधन नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उक्त मागहरूको उचित सम्बोधन नभएको भन्दै दुल्लु नगर स्वास्थ्यकर्मी संघ, दुल्लु नगरकार्यपालिका ,नगरपालिका तथा सम्पुर्ण सरोकारवाला समक्ष ध्यानाकर्षण गर्दछ । उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएअनुसार २०७८वैशाख २८गते दुल्लु नगर कार्यपालिका बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख भएका मागहरुप्रति पुनः ध्यानाकर्षण गराउन चाहेको उल्लेख छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को खर्च विवरण हेरी ,विशेष कोषको स्थापना गरी । सो कोषबाट स्वास्थ्य सामग्री ,औषधि खरिद र स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सामग्री तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउने गरी आवश्यक बजेट विनियोजन गर्न पनि माग गरेका छन् ।

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०६६/०९/०९ गतेको निर्णय बमोजिम सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीहरुलाई जोखिम भत्ता, रात्रीकालीन सेवा भत्ता तथा अतिरिक्त सेवा बापतको सेवा सुविधा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने । नेपाल सरकार मन्त्रीपरिषद्को मितिः२०७१/०३/२९ गतेको निर्णयअनुसार अनुसूची ११ बमोजिम फिल्डमा कार्यरत कर्मचारीहरुलाई फिल्ड भत्ता उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने ।
दुल्लु नगरपालिका अन्तर्गत कार्यरत सम्पूर्ण प्राविधिक तथा अप्राविधिक कर्मचारीहरूको समान तह तलब भत्ता स्केल फरक फरक देखिएकोले श्रेणीविहीन कर्मचारी देखि अधिकृत स्तरसम्मका कर्मचारीहरूको नेपाल सरकार तथा दुल्लु नगरपालिकाको स्वास्थ्य सरसफाइ एन अनुसार तलब स्केल उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने । जस्ता कुराहरु ध्यानाकर्षण तथा सुझाव पत्रमा राखेको कुरा दुल्लु नगरपालिका नगर स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष मदन रिजालले जानकारी दिए ।

उक्त ध्यानाकर्षण पत्र नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति दैलेखका सचिव कमल कुमार भण्डारी, नेपाल स्वास्थ्यकर्मी संघका नगर कार्यसमिति दुल्लू दैलेखका सचिव नगेन्द्र सापकोटा तथा नेपाल स्वास्थ्यकर्मी संघ नगरसमिती दुल्लु दैलेखका अध्यक्ष मदन रिजालको संयुक्त हस्ताक्षर सहित दुल्लु नगरपालिका नगर प्रमुख घनश्याम भण्डारी सामु पेश गरिएको हो ।

ध्यानाकर्षण तथा सुझाव पत्र यसप्रकार छः