

बिमल राजबंशी पहरी
सिन्धुपाल्चोक :नेपाल विद्यार्थी संघले सर्वोच्चको पछिल्लो आदेशानुसार अब प्रधानमन्त्री ओलीलाई पदमा बस्ने नैतिकता नभएको हुँदा तत्काल पदबाट हट्नुपर्ने अवस्था श्रृजना भएको बताएको छ । आज एक बिज्ञप्ति मार्फत नेबि संघका महामन्त्री बलदेव तिमल्सिनाले कामचलाउ प्रधानमन्त्री ओलीले अब तुरुन्त प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर राजीनामा दिँदै अर्को सरकार बनाउने बाटो खुला गर्नुपर्ने बताएका छन ।
सरकारले गरेका प्रायः सबै निर्णय एकपछि अर्को गरी अदालतले रोक लगाउनुपर्ने अवस्थामा प्रधानमन्त्रीले सरकार चलाउने नैतिकता गुमाइसकेका छन । संविधान र कानुनमा टेकेर काम गर्न नसक्दा यस्तो अवस्था आएको हुँदा संविधानको रक्षाका लागि पनि ओली पदमुक्त हुनुपर्दछ।
यसैपनि विश्वासको मत गुमाएको प्रधानमन्त्रीले पूर्ण बजेट ल्याउने,अध्यादेश मार्फत शासन सञ्चालन गर्ने शैली विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकमा नभएको र यस्तो छाडा प्रधानमन्त्री र सरकारलाई सर्बोच्च अदालतले संविधान र कानुन सम्झाएको छ भने संविधान र कानुन अनुसार शासन चलाउनुको सट्टा संविधान र कानुनको बर्खिलापमा गएको सरकारको गैरकानुनी क्रियाकलापको विरुद्ध सर्वोच्चले उपयुक्त आदेश आएको महामन्त्री तिमल्सिनाले बताएका छन्
