मर्स्याङ्दीको फेरि बढ्यो वहाव, चामे क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह

मनाङ :मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदीमा पानीको वहाव फेरि बढेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका–४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ।

चामे बजार नजिकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ। चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।