ट्रिपरको ठक्करबाट रंगेलीमा एक जनाको मृत्यु


सुरज माझी
मोरङ :मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्युु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ३४९३ नम्बरको ट्रिपरले ठक्कर दिँदा सोहि दिशाबाट जाँदै गरेको प्रदेश नम्बर १–०२–०४३प ८०११ नम्बरको मोटरसाईकल लाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

 

घाइते रतुवामाई नगरपालिका ६ सौठा बस्ने वर्ष ४२ का तिलक राज खड्कालाई उपचारका लागि रंगेली अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको गर्ने क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रिपर चालक धनपालथान गाउँपालिका ६ बस्ने वर्ष ३९ बिध्या सागर रायलाई ईलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिएका छन ।