तिनाउ नदिमा आएको बाढीले बाध बगाएपछि रुपन्देहीको खेत बाझै रहने अवस्था


दिपेश राज नेपाल
बुटवल :बुटवलको तिनाउ नदिमा आएको बाढीले सिंचाई प्रणालीको बाँध भत्काएपछी रुपन्देहीका सयौं किसानहरु
चिन्तित बनेका छन् ।

चार तपाहा सिंचाईँ प्रणाली नै भत्काइदिएको छ । यहि तिनाउबाट सिंचाई हुदै आएका खेतीयोग्य जमीन यतिबेला सुक्न थालेको छ । बाढीले बुटवल तिनाउपुलको तलबाट पश्चिम जाने चार तपाहा सिंचाईँ प्रणाली सबै भत्काएको हो ।धान रोप्न तयार रहेका सयौं किसानहरु यति बेला चिन्तित बनेका छन् ।

बाढीले सिंचाई प्रणालीको मुहान भत्काईदिनुको साथै बाढिसहितको बालुवा र ढुङ्गामाटोले नहर भरिएको छ । बाध बाध्ने र नहर सफा गरि सिंचाईको लागि पानी लगिरहेको अवस्थामा आएको बाढिले पुनः नहर भरिएको कारण जेसिभी र डोजर लगाएर मात्र नहर सफा गर्न सकिने उनीहरुले सो कुलो पुर्वअवस्थामा फर्काउन मेशिनका माध्यमबाट गर्नुपर्ने काममा भएकाले अनुमति कुरिरहेका एक किसानले बताए ।

तर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने असारदेखी खोला तथा नहरमा मेसिन लगाउन रोक लगाएको छ । जसको कारण रोपाइँ गर्ने समयमा सफा गर्न नदिदा उता किसानका रोप्न ठिक्क पारेका खेत सुक्न थालेका छन् भने ब्याडबाट गोडिएका धानका बेर्ना समेत सुकेका छन् ।
बुटवल पश्चिमका बेलबास,नयाँगाउँ,मोतिपुर सेमलार फर्साटिकर,छपिया सौराहासम्म करिब ४ हजार ५ सय बिगाहामा सिँचाई गर्ने छ नम्बर तपाहा,खडुवा कुलो , एघार मौजा र ५ मौजाको कुलोमा एकथोपा पानी जानसकेको छैन । अहिले बाढीले सो प्रणालीमा हिलो,ढुंगा गिट्टी र बालुवाले भरिदिएको छ ।

गिट्टी ,बालुवा बेच्न अनुमति दिने नदी दोहनमा मेसिन चलाउन मिल्ने हामीले कुलो बनाएर पानी लैजान मेसिन चलाउन नमिल्ने यो त किसानलाई मार्ने काम भो कुलो बनाउन मेसिन चलाउने अनुमतिमा प्रशासनले आनाकानी गर्दा रोप्न ठिक्क पारेका खेत सुक्न थालेका छन् भने ब्याडबाट गोडिएका धानका बेर्ना समेत सुकेका छ भन्दै किसान चिन्तित बनेका छन ।

बुटवल उपमहानगरपालिकामा गठित विपद व्यवस्थापन समितिले पनि नहर सफा गर्न जेसिभी प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयलाइ सिफारिस गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालयले भने नगरको विपद व्यवस्थापन समितिको सिफारिससगै प्राविधिक टोलिको अनुगमन रिपोर्ट पनि मागेकोले उक्त रिपोर्ट बुझाएपछि समस्या समाधान हुने उनले बिश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चार तपाहा सिंचाईँ प्रणाली समितिका पदाधिकारीसग प्रत्यक्ष भेटेर छलफल भएकोले अब छिट्टै समस्या समाधान हुने बताए ।

सयौं किसानहरु बाढिले गर्दा बर्षाको बेलामा समेत काकाकुलको अवस्थामा पुगेका छन् ।उनले भने पानीले भरिने कुलोमा गिट्टि बालुवाले भरिदा पानी जान सकेको छैन ।