
यो प्रकृया निकै दिन सम्म चलेको थ्यो ।
म काम गर्ने बाहनाले बाहिर निस्किदै घरि घरि मेरो पहेलो ज्याकेटलाइ हेर्थे । सान्चै नै जति पटक म उसलाइ हेर्थे नि त्यति नै पटक केहि अलग देख्थे, केहि नया देख्थे, केहि फरक देख्थे । उसको शरिरको बनावट जहिल्यै अलग देख्थे । मैले नबुझेको कुरा चाहि यो हो कि हरेक दिन उसले फेरेको लुगाको आधारमा उसको शरिरको बनावट अलग देखिएको हो कि मैले हेर्ने नजरले त्यस्तो देखिएको हो मैले बुझ्नै सकिन । तर कारण जे भए नि उसलाइ हेर्दा आँखालाइ जुन चैन, जुन आराम मिल्थ्यो नि त्यो कहि अन्तै मिल्दैन थ्यो पक्का ।
तर बिडम्बना झन्डै म मेरो पहेलो ज्याकेट सङ्ग छुट्टिनु परेको थ्यो सदाको लागि । खास कुरा के हो भने -म दुइ दिन सम्म बर्दानको अङ्कलकोमा बस्दा पनि कोठा पाइएको थ्येन । अङ्कलले खोज्दिन्छु त भन्नु हुन्थ्यो तर नाइ भएन । सक्नुभएन । मलाइ पनि खोज्नमा हिम्मत चाहि आएन । अब यतिका बर्ष बाट बसेको मान्छेले त खोज्न सकेनन् भने झन् मैले त कसरी पो खोज्न सक्छु र ?
मैले जिन्दगीमा कहिल्यै सोचेको थिइन बजार साइडम रुम खोज्न यति गाह्रो हुन्छ भनेर । तर जब खोज्नु पर्ने भयो नि तब मात्र महशुष भयो सान्चै नै निकै गाह्रो हुँदो रहेछ ।
अब एक त रुम पाएको थिएन । अनि कति दिन सम्म त्यहा बसेर काम गर्ने हो र म ? बर्दानले गर्दा फरक नपर्ने आखिर उसको त काकाको घर हो तर म ? मलाइ कसैले निस्केर जा त भन्दैनन् तर आफैले नै बुझ्नु पर्ने कुरा हो यो । कि यहा म बसेर कति गाह्रो भैरहेको छ भन्ने कुरा ?
उनिहरुको पनि आफ्नो घर होइन, फ्ल्याटम भाडामा बसेका हुन् । बजारमा हरेक चिज किनेर खानु पर्छ पानी पनि । अनि म कसरि उनिहरुकोमा बस्न सक्छु नि ?
निकै सोचे अनि दुइ दिन काम गरे पछि त्यहा अङकललाइ काम नगर्ने भने । हुन त अङ्कलले फर्मालिटिको लागि नै मात्र भए नि बस न केहि हुन्न त भन्नु भो तर म आफैले बुझ्नु पर्ने कुरा हो कसरि बस्नु ? मै मानिन अनि हिँडे त्यहा बाट । प्रल्हाद दाइलाइ फोन बाटै भनिदिए -भोलि बाट काममा आउँदिन भनेर ।
घर गएको भोलिपल्ट यसै बसेर फेसबुक चलाइरा थ्ये । सुदिपले म्यासेज गर्यो -हौ के छ खबर ?
सुदिप मेरो कलेज एउटै ब्याचको साथी हो । क्लास अर्कै थ्यो – उ व्यवस्थपन नेपाली फ्याकल्टिको म अङ्ग्रेजी फ्याकल्टिको । तर नि बोलचाल राम्रै हुन्थ्यो, भेटघाट हुन्थ्यो, कुराकानी हुन्थ्यो । रमाइलो हुन्थ्यो ।
आज निकै दिनबाद उसले म्याजेज गरेको थ्यो -रिप्लाइ गरिदिए ।
केहिबेर बोले । अनि खै कुरै कुरामा मैले उसलाइ काम छोडेर आएको कुरा सबै बताए ।
अनि उसले मलाइ भन्यो -पर्ख म केहि गर्छु ।
उसले यसो भनिरहदा मलाइ कति पनि आशा लागेको थिएन उसले कोठा खोजिदिन्छ भनेर किनकि यो भन्दा अगाडि नि मैले धेरैलाइ कोठा खोज्देउ न भनेर बिन्ति नै गरिसकेको थ्ये तर कसैले वास्ता गरेका थिएनन् । त्यसैले उ प्रति नि त्यति बिस्वास चाहि थिएन । तर कसैले सहि भनेका रहेछन् नपत्याउने खोलोले बगाउँदो रहेछ ।
उसले उसको एउटा बिर्तामोड नै बसेर काम गर्दै गरेको साथीलाइ भनेछ -सन्तोस् ।
उ काम गर्दै बसेको रहेछ साथमा कोरियन भाषा पढ्दो पनि रहेछ ।
उसै सङ्ग कन्ट्याक्ट गराइदियो ।
म आफैले फोन गरे । कोठा सङ्गै बस्न मिल्ने भयो । तर समस्या के थ्यो भने कोठा पायो भन्दैमा बसि हाल्न मिल्दैन । केटा को हो कस्तो हो बुझ्न जरुरि छ । के था भोलि कस्तो काम गर्ने हो -फसिने पो हो कि ?
अनि मैले फेरि सुदिपलाइ फोन गरे र भने । उसले – ढुक्क भएर जाउ जिम्मा म लिन्छु भनेपछि म भोलिपल्ट बिर्तामोड गएँ ।
प्रल्हाद दाइलाइ त्यहि दिन भनेको थिए आउँदैछु भनेर ।
काम गर्न थालेको लगभग एक महिना भएको थ्यो ।
हाम्रो बेकरिमा पोछा लगाउँदै थ्ये ।
म र बर्दान चाहि बाहिर फोन चलाउँदै बसेका थियौँ । यतिकैमा आरति बुनु र त्यो पहेलो ज्याकेट त्यहा आए । सटर खोल्न थाले ।
सटर खोलिसकेर त्यो पहेलो ज्याकेट चाहि -तल जान्छु ल म तिमी बस्दै गर भनेर गइ ।
उ जान साथ मैले आरति बुनुलाइ रोके र भने – बुनु सुन न मलाइ एउटा हेल्प गर्छौ ?
त्यो बुनु अच्चम्म भइ यत्रो दिन नबोलेको मान्छे एक्कासि त्यो दिन हेल्प माग्दा । उसले अन्कनाउँदै भनि – कस्तो हेल्प ?
मैले भने – त्यो अघि तिमीसङ्ग सटर खोल्ने केटीको बारेमा बताउ न । नाम के हो ? कहा पढ्छे अनि यदि तिमी सङ्ग छ भने उसको फोन नम्बर देउ न र?
त्यो बुनुले अप्ठ्यारो मान्न थालि । तर अन्कनाउँदै भनि -नाम चाहि लक्ष्मि हो । अब कहा पढ्छिन् त्यो त थाहा भएन । तर बिहान चाहि यहि सनराइज कम्प्युटर क्लास बाट आउँछिन् । अब नम्बर चाहि म सङ्ग नि छैन ।
अनि मैले भने – सुन न बुनु यस्तो गर न । तिमी नै है उसलाइ भन कि -पल्लो बेकरिको एकजनाले कम्प्युटर सिक्ने रे सो तपाइ सङ्ग कन्ट्याक्ट गर्ने भन्दै छन् । नम्बर दिनु न त्यस्तो मिसयुज गर्दैनन् म राम्रो सङ्ग चिन्छु भन न ल ?
मेरो कुरा सुनेर उसले अन्कनाउँदै भनि – ल हुन्छ म सोधेर भन्छु नि ।
उसलाइ जाँदा जाँदै मैले मेरो नम्बर दिए, बेलुका म्यासेज गर्नु यदि नम्बर दिइन् भने भनेर ।
साझको करिब -साढे आठ भएको रहेछ । म भर्खर रुम पुगेर हात मुख धोएर भित्र पसेको मात्र थिए । मेरो नम्बरमा एउटा नया नम्बर देखि म्यासेज आयो । लेखिएको थ्यो – दादा१ मैले लक्ष्मि दिदिलाइ भनेको थिए । मान्नु भयो । अनि नम्बर नि दिनुभएको छ । यो हो नम्बर
यो धाराकाहिक कथा भएकाले ‘भाग ५ पढन नविर्सनुहोला
