
मैले यति मजबुर बनेर हरियो रहन किन पथ्र्यो?
जहाँ सधैं जरा काट्नेहरुलाइनै हावा दिन पथ्र्यो ।
तिम्रो लागि ज्यान दिन्छु यो मैले भनेको थिएँ
ज्यानै लिएर गयौ ठिकै हो दिएको लिन पथ्र्यो ।
क्या जिन्दगी काटेर आइपुगें आफ्नो दुनियाँमा
पत्थर हालेरपनि मुखमा पानी सम्झिन पथ्र्यो ।
कि मिठाई दिन हुनेथिएन बच्चामा रोएकोबेला
कि गुमाएका हरेक चिज रोएर भेटिन पथ्र्यो ।
तिमीले धकेल्न लगेको थाह थियो इनारभित्र
बिश्वास जोगाउन मैलेनै आँखा चिम्लिन पथ्र्यो ।
जसलाई बचाउने क्रममा हात गुमाइस ईश्वर
आज तिनै बताइरहेछन कसरी जोगिन पथ्र्यो ।
