
संगिता पहरी
सिन्धुपाल्चोक :सिन्धुपाल्चोक जिल्लाको मेलम्ची आसपास आएको भिषण बाढीले बगाएको गर्भवती भैंसी काभ्रेपलान्चोक जिल्लाको सिमा नजिक जिउदै भेटिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रवती र मेलम्चीमा आएको बाढीका कारण कयौ बस्तिहरु डुवानमा परि अरबौको क्षति भयो साथै हेलम्बु गाउँपालिका वडा नं. ६ किउल, ओडारेका तारा शिवभक्तिको घर गोठ बाढीको भंगालोमा पर्यो ।
वडा नं.६ किउल स्थित हेलम्बु गाउँपालिकाको कार्यालय, बाढीले भत्काएको प्रहरी कार्यालय र तारा शिवभक्तिको घर ठीक वारीपारी थियो । उनको घर र गोठ बाढीले बगाएर अहिले बगर भएको छ ।
घर गोठ नै बगाउदा घरमा भएका सामानहरु संगै गोठमा भएका सबै जनावरहरु बगाउदा एउटा गर्भवती भैसीपनि बगायो, दिउँसो स्थानीयले उक्त भैँसीको उद्धार गर्न खोजे तर सकेनन् ।
उक्त भैंसी हराएको हेलम्बुबाट २२ किलोमीटर टाढा रोमन कार्की र धन बहादुर तामाङ्गले काभ्रेको सिमाना नजिक हराएको १ दिन पछि भोली पल्ट उद्दार गरेका हुन् ।
भैँसीको मुखको तल्लो भागमा ठूलो घाउ लागेको र शरीरका विभिन्न भागमा चोट लागेको र ज्वरो समेत आएको कुरा स्थानीयबासी बताउछन् भने पशु प्रबिधिक चेत प्रसाद घोरासैनीको करिब रु ४५ सय बराबरको निशुल्क औषधी उपचारपछि अहिले भैसीको स्वास्थ अवस्थामा सुधार आई हरियो घास पनि खान थालेको जानकारी प्राप्त भएको छ ।
आफ्नो जिवन गुजाराको साहारा रहेको भैँसी भेटिँदा उनी भावुक बन्दै भने ‘यति ठूलो बाढीमा भैँसी बाँच्ला भन्ने हामीलाई विश्वास नै थिएन । हामीले माया मारिसकेको भैँसी भेटिएको भन्दा विश्वास लागेन उनी भन्दैथिए भैंसी अरुको पनि हुन सक्छ।
भेटिएको स्थानमा स्थानिय बासिन्दाहरुसंग डराईरहेको उक्त भैंसीले धनिलाई देख्दा आफ्नो धनी चिन्नुको साथै त्यस पश्चात् भैसी धनीलाई जिम्मा लगाईएको कुरा प्रिन्स खतिवडाले भिजन न्युज लाई जानकारी गराए।
