रोजगारी तथा सिपमुलक तालिमको नाममा काठमाडौंमा कयौ ठगिए

काठमाडौं :बेरोजगारीले बिकराल बनेको नेपाल त्यसमा पनि काठमाडौं उपत्यका भित्र रोजगारी र सिपमुलक तालिम प्रदान गर्ने बाहानामा खुलेका कयौ कार्यालयहरु मध्ये केही कार्यालयहरु ठगि गर्ने उदेश्यले खुलेको भेटिएको छ ।

आफ्नो कार्यालयको ठेगाना समेत राम्रो संग नलेखि काठमाडौं मात्र लेखिएको साथै कार्यालयको ल्याण्ड लाईन नम्बर समेत नराखी मोबाईल नम्बर मात्र राखिएको उक्त कार्यालयको नियत मानिसलाई रोजगारी दिने र रोजगारीमुलक सिप सिकाउने नभई मानिसहरुलाई ठग्ने मात्र नियत भएको जानकारी प्राप्त भएको छ ।

काठमाडौंबाट संचालित यस कार्यालयले काभ्रे बाट भक्तपुर अस्थाई बसोबास गर्दै आएका एक महिलालाई पनि सिपमुलक तालिमको नाममा जेठ ३१ गते रु ५ हजार ५ सय लिई सबैजना सम्पर्क बिहिन रहेको उनी बताउछीन, त्यसै गरि यो भन्दा अगाडि पनि तालिमको नाममा रकम लिएर अहिले सबै सम्पर्क बिहिन रहेको अर्का एक भक्तपुर, ठिमिका पिडित बताउछन।

उनिहरु कोही सम्पर्कमा आएको खण्डमा कार्यालयमा बोलाउने र फर्म भर्न लगाई रकम बुझाउन लगाई हामी खबर गर्छौ भन्दै धेरै सम्पर्क बिहिन हुने गरेको पिडितहरु बताउछन् । यस कार्यालयले हामी लगायत अन्य सयौ मानिसहरुलाई पनि यसै गरि ठगेको कोटेश्वरका पिडितहरु बताउछन तसर्थ यस किसिमका ठगहरुको पछि नलाग्न र ठग्ने मनसायले संचालित जब सोलुसनहरुको बिश्वास समेत नगर्न कोटेश्वरका हरिराम गुरुङ्ग सबैलाई आग्रह गर्छन।

सुरेन्द्र संग्रौलाको नाममा दर्ता भई संचालनमा आएको यस कार्यालयका कसैसंग पनि फोन सम्पर्क गर्न सकिँदैन भने ठगिको उजुरीको आधारमा प्रहरी पुग्दा अफिस बन्द हुनुको साथै उनिहरु सम्पर्क बिहिन रहेको समेत प्रहरीले जनाएको छ ।

यस भन्दा अगाडी पनि धेरै मानिसहरुलाई रोजगारी दिने बाहानामा फर्म भर्न लगाई रकम असुलेको पिडितहरु बताउछन् ।
कोटेश्वर फिफ अफिस सङ्ग मिलेर संचालित यस कार्यालयले सिपमुलक तालिम र रोजगारको नाममा यस्ता हजारौ मानिसहरु ठग्दै आएको पाइएको छ ।

पिडितहरुले संचालकहरुको मोबाईल नं। ९८०१९३३७९०, ९८४२०५३३७१ र ९८६६२४१५२ यि नम्बरमा फोन गर्ने प्रयास गर्दा कुनै पनि नम्बरमा फोन नलागेको तथा सम्पर्क हुन नसकेको बताउछन् ।