

मेरो देश यो कस्तो अशुभ,लगनमा पुग्यो
ढुङ्गा माटो बेच्ने दलालीको मनमा पुग्यो
संविधान बनाउने विद्वान अलपत्रमा छ
संविधान जलाउने पागल सदनमा पुग्यो
ऊ जंगल कै रानी हो जंगल मै ठिक थिई
शहर पसि जिन्दगी यौन शोषनमा पुग्यो
जन्म दिने बा-आमा बृद्ध आश्रममा पुगे
छोरो देश छोडेर परदेश पल्टनमा पुग्यो
तिमीले चलाएको हतियार अचानोमै छ
कसरी तिम्रो हात मेरो यो गर्धनमा पुग्यो
