
सुजन तिमल्सिना
नुवाकोट :नुवाकोटमा असार १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ का बिरामी अझैसम्म पनि दैनिक रूपमा बढ्दो रहेकाले निषेधाज्ञा थप ७ दिनसम्म जारी राख्ने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र .(डिसिसिएमसी) ले यस अघि जारी गरेको निषेधाज्ञा सोमवार राती १२ बजे सकिँसकेको ।
डिसिसिएमसीको सोमबार बसेको बैठकले असार १५ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाइने बताइएको छ ।
यसैगरी बैठकले खाद्यवस्तु तथा पशुपक्षीको दाना, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्री लगायतका अत्यावश्यक पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्ने र अन्य पसलहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्णय गरेको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सैं घण्टा खुला हुने बताइएको छ ।
आदेशको अवेज्ञा गरी कुनै पनि कार्य सञ्चालन गरे वा गराएको थाहा पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने छ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
