रेणुको करोडौंको आर्थिक अनियमितता बाहिर आएपछि प्रचण्डलाई तनाव

दिपेश राज नेपाल
बुटवल :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी रेणु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिकामा करोडौंको आर्थिक अनियमितता भएको खुलासा भएको छ । महालेखा परीक्षण कार्यालयले गरेको लेखा परीक्षणमा ३० करोड ११ लाख रुपैयाँ बेरुजु देखिएको हो । बेरुजु भनेको हिसाब किताबमा गडबढ हो । अर्थात आर्थिक अनियमितता हो ।
छोरीले सम्हालेको स्थानीय तहमै यति ठूलो मात्रामा अनियमितता लेखा परीक्षणबाट बाहिर आएको छ । उक्त रकम कहाँ कहाँ खर्च भयो भन्ने कुनै हिसाब किताब छैन । हिसाब किताबमा गडबढ भएपछि महालेखा परीक्षणले दुरुस्त फर्स्यौट गर्न निर्देशन दिएको छ ।

आफ्नो पुत्रीले सम्हालेको महानगरपालिकामा करौडौ रकम बेरुजु भई आर्थिक अनियमितता भएको खबर सार्वजनिक भएपछि यसको धक्का खुमलटारसम्म पुगेको संगै प्रचण्डले यसलाई ढाकछोप गर्ने आइडिया दिएका छन् ।
बाबुको सल्लाहमा छोरीले यो घटनालाई ढाकछोपको प्रयास गरेकी रहेकिछन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाबाट विज्ञप्ति निकाल्न लगाएर हालसम्मको लेखापरीक्षणको प्रतिवेदनमा नियमित गर्नुपर्ने भनेर दिएको सुझावलाई भ्रष्टाचार अनियमितता गरेको भन्न नमिल्ने जिकिर गरेकी छिन ।

महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा दिएका सुझावको आधारमा महानगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको भनेर समाचार आएपछि रेणुलाई निकै चिन्ता भएको उनको विज्ञप्तिमा देखिन्छ । उनी निकै चिन्तित देखिन्छिन् । आर्थिक कार्यविधि ऐन अनुसार ऐननियम अनुसार नभएर अनियमित रूपमा भएका खर्चलाई बेरुजुमा राख्ने गरिएको छ ।

विज्ञप्ति अनुसार ठूलो हिस्सा नियमित गर्नुपर्ने र पेश्की बेरुजु रहेको तथा असुलउपर गर्नुपर्ने बेरुजु निकै कम रहेको विज्ञप्तिमा दाबी गरिएको छ । तर असुलउपर गर्नुपर्ने बेरुजु कति हो भनेर खुलाइएको भने छैन ।