काभ्रेको दोलालघाटमा बम भेटियो

 

श्री कृष्ण पहरी

काभ्रे :काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिकामा आज दिउसो बम भेटिएको छ । जिल्लाको भुम्लु गाउँपालिका वडा न.८ दोलालघाट बन्देउ मा निर्माणाधीन बुद्ध पार्क नजिकै गाडिएको अवस्थामा बम फेला परेको छ ।

निर्माणधिन बुद्ध पार्कको १००० सिंढी बाटो बनाउने क्रममा ठेकेदार राजेन्द्र तामाङले शंकास्पद बस्तु देखे पछि स्थानिय प्रहरी चौकीमा खबर गरेका थिए तत्काल नेपाल प्रहरी नेपाली सेना, र सशस्त्र प्रहरीले त्यस क्षेत्र नियन्त्रणमा लिइ बम निष्क्रिय गरेको जानकारी राजेन्द्र तामाङले भिजन न्युज नेपाललाई जानकारी दिए । ।