लामो समयदेखि बन्द रहेका रूपन्देहीका सरकारी कार्यालय भोलिदेखि खुल्ने,नीजि सवारी साधन जोर-बिजोर

दिपेश राज नेपाल
बुटवल :कोरोना महामारी फैलीएसँगै निषेधाज्ञा लागु भएपछी बन्द रहेका रुपन्देहीका सरकारी कार्यालय मङ्गलबार (भोलि) देखि खुल्ने भएको छ।

कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार (आज) बसेको बैठकले सरकारी कार्यालय सहित नीजि सवारी साधन पनि चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ। उक्त निर्णय अनुसार अब देखि निजी सवारी साधन पनि जोर बिजोर प्रणाली अनुसार चल्न पाउने गरी निषेधाज्ञा खुकुलो पारिएको छ।

अबको निषेधाज्ञा खुकुलो हुनेगरी निजी सवारी साधनलाई चल्न दिइने जिल्ला प्रसासन कार्यालय रूपन्देहीले जनाएको छ। तर सार्वजनिक सवारी साधन कहिले देखि खुलाउने भन्ने बारे कुनै निर्णय गरिएको छैन।