आज रातिबाट टुटल र पठाओले नियमित सेवा दिदै

काठमाडौं :निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् ।

उपत्यकामा निजी सवारीलाई जोर(बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपहरु सेवमा फर्किन लागेका हुन् । उनीहरुले पनि जोर(बिजरो प्रणालीलाई पालना गर्नेछन् ।

नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थाल्ने बताएको छ । राइडरले मापदण्ड अनुसार सेवा दिने टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।

‘हामी सतर्कतासहित सेवा दिन्छौं, यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं,’ उनले भने ।

पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ । पञ्जा, मास्क, र सेनिटाइजर प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ ।

‘यसपटक पीपीई प्रयोग गर्दैनौं, अरु त्यसैगरी आवश्यक सतर्कतासहित अब पनि सेवा थाल्छौं ’ पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले भने । सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने गरिएको उनले बताए ।