सुनको चाँदीको भाउ बढ्यो


काठमाडौं : सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलाको चार सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा पुगेको छ ।