तेह्रथुमको आठराइका किसान अम्रिसो खेति तर्फ आकर्षित,वार्षिक ३ लाख भन्दा बढी आम्दानी

रबिन उप्रेती
तेह्रथुम : तेह्रथुमको आठराईका धेरै जसो भुभाग का किसान हरु अम्रिसो खेतिमा लागेका छन।अन्य पेशाको तुलनामा कम लगानी कम परिश्रममा नै राम्रो आम्दानी हुने भएकाले किसानहरुको मोह अम्रिसो खेतिमा बढेको हो।
पाखा पखेरामा पनि राम्रो हुने भएकाले किसानहरु अम्रिसो खेतिमा लागेका हुन ।

आठराइको सात ओटै वडामा अम्रिसो खेती गरिदै आएको छ। अन्य बालिको तुलनामा राम्रो आम्दानी हुने हुदा किसानहरु आफ्नो खेत बारिमा समेत अम्रिसो लगाउन थालेका हुन।
छिमेकी जिल्लाबाट ब्यापारिहरु घरमै आएर अमृसो खरिद गर्ने गरेका छन। गत साल मात्रै अम्रिसो बाट ३ लाख माथी आम्दानी भएको किसान चोमा खनालले बताइन।

अम्रिसोको फुल ब्यापारिले लाने र अम्रिसोको बोट्बाट बाख्रा बस्तुलाइ घाँस समेत हुने गरेको अर्का किसान राजु श्रेष्ठ ले बताए।यसरी अम्रिसो  खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान हरुको मोह अमृसो खेतिमा बढेको हो।
अम्रिसोको फुल गत बर्स १२० रुपैया प्रतिकेजी घर बाटै बिक्री भएको थियो ।