कर्णाली नदिमा बगेर पाँच बर्षिया बालक बेपत्ता

फाइल फोटो

बेनी बहादुर बुढा
मुगु :मुगुको सोरु गाँउपालिका ७ नम्बर वडामा पर्ने सीप गाउँमा पाँच बर्षिया बालक शुसिल बुढा बगेर बेपत्ता भएका छन्।आइतबार दिउँसो सबै परिवार काममा गएका बेला करिब १२ बजे सिपको दाक्छ भन्ने ठाउँमा नदिको किनारमा खेलिरहेको बेला अचानक बगेर बेपत्ता भएको स्थानियले बताएका छन्।

नदिमा गएका दुई बालक मध्य एकजना सकुशल रहेका स्थानियले बताए।नदिको बहावले गर्दा उक्त बालकको लास भने भेटिएको छैन।