उपचारमा समस्या भएकी २१ बर्षीया भुमिका पाक्साँवालाई सहयोग गर्न परिवारको आग्रह

तेह्रथुम : उपचारमा समस्या भएकी २१ बर्षीया भुमिका पाक्साँवालाई सहयोग गर्न परिवारले आग्रह गरेका छन ।फोक्सोमा समस्या भएकाले उपचारमा आर्थीक अभाव भएकाले उनलाई बचाउन परिवारले सहयोगको आग्रह गरेका हुन ।

आर्थीक रुपमा एकदमै विपन्न परिवारकी भुमिकालाई उपचारका लागी यसअघी धरान स्थीत बिपी कोइराला बिज्ञान प्रतिष्ठान घोपा क्याममा उपचारका लागी लगिएको थियो । उपचारको क्रममा फोक्सोमा पानी जमेको चिकित्सकहरुले जनाएको उनकी आमा आईतरानी लिम्बुले बताइन ।

‘छोरीको उपचारका लागी ऋण गरेर पहिले १ लाख खर्च भयो तर स्वास्थ्यमा सुधार आएन खर्च नपुगेपछी घर फर्काइएको भुमिकाकी आमा आईतरानीले बताइन’। एक छोरीकी आमा भुमिका शरिरीक रुपमा मोटी थिईन । करिब २ महिना अघी एक्कासी स्वास्थ्यमा समस्या आएको उनका श्रीमान प्रितम गुरुङले बताएका छन ।

आर्थीक रुपमा विपन्न परिवार रहेकोले हातमुख जोड्नै पनी समस्या हुँदै आएको छ । दुई दिदी बैनीहरुमा उनी जेठी हुन । उनका बुवा आमा र श्रीमानसँगै माईतीमा नै बस्दै आएकी छन । उनका आमा बुवा छोरीको अबस्था देखेर आँखा भरी आँशु झार्दै सबैलाई सहयोगी मनहरुलाई सहयोगका लागी आग्रह गरि रहेका छन ।

भुमिकाको दोश्रो पटक उपचारका लागी ३० हजार ऋण काडेर बिपी कोइराला बिज्ञान प्रतिष्ठान क्याम पठाएको उनका बुवा कान्छा बहादुर पाक्साँवाले बताए ।
उपचारमा सहयोग गर्नका लागी इच्छुक व्याक्तीले ९८४२३०५९८५ मा सम्पर्कगर्न सक्नुहुनेछ ।