लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले गरे बैठक बहिस्कार

फाइल फोटो

दिपेश राज नेपाल
बुटवल : लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको बैठक बहिस्कार गरेपछि प्रदेशसभा बैठक केहीबेरका लागि स्थपित भएको छ । बजेटका विषयमा छलफल चलिरहेका बेला विपक्षीले बहिस्कार गरेपछि प्रदेश सभा बैठक सवा ३ बजेसम्मको लागि स्थगित भएको थियो ।

विपक्षी गठकन्धनका सांसदहरुले अल्पमतको सरकारले ल्याएको बजेट सम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेका छन् । प्रदेश सभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्ममतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए ।

उनले पहिले सरकारले आफ्नो बैधानिकता प्रस्तुत गर्नुपर्ने माग गर्दै बैठक बहिस्कारको घोषणा गरेपछि सबै सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए । उनीहरुले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने माग राखेका छन् ।