अक्सिजन प्लान्ट खरिदमा २८ लाख घोटाला

बेनी बहादुर बुढा
मुगु :मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) को अक्सिजन प्लान्ट खरिद प्रकृयामा झण्डै २८ लाख रुपैयाको भ्रष्टचार गरेको देखीएको छ ।
कर्णाली प्रदेश सरकारले कोभिड १९ दोस्रो कहरलाई मध्यनजर गर्दै अक्सिजन प्लान्ट खरिदका लागि कर्णाली प्रदेशका ८ जिल्लाहरुलाई रु. ४०लाखका दरले बजेट उपलब्ध गराएको थियो । उक्त बजेट अन्र्तगत रहि अक्सिजन प्लान्ट खरिद गर्नका लागि प्रत्यक जिल्लाका जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई जिम्मा दिईएकोमा जिल्ला अस्पताल मुगु र कर्णालीका सबै जिल्ला अस्पतालहरुले कागजात मिलाई गोप्य रुपमा विभुती मेडिटेक ईन्टरनेश्नल लाई खरिदका लागी जिम्मा दिएका थिए । सोहि बमोजिम विभुतिले पनि हरेक जिल्लामा रु १२ लाख बराबरको सिंगल फेज एम.डि.५० अक्सीजन जेनेरेटर रातारात बुझाएको थियो ।

एम.डि.५० नामक अक्सिजन जेनेरेटरको अधिकतम बजार मुल्या रु. १२लाख हुन पर्नेमा सेवा प्रदायक विभुति मेडिटेक इन्टरनेशनल ले ३८लाख,८०हजारको विल अनुसार भुक्तानी लिएको छ ।

नेपाल प्रेस डटकमले मिति २०७८।०२।१५ गते उक्त घोटलाको विषयमा समचार सम्प्रेषण गरेता पनि सम्बन्धित निकायाले कुनै प्रतिकृया नजनाए पछि आज भिजन न्यूज नेपालले सत्यतथ्य बुझ्न खोज्दा जिल्ला स्वास्थ्य कार्यालय मुगुका जनस्वास्थ्य अधिकृतले आफुलाई थाहा नभएको र पुर्व नि. जनस्वास्थ्य अधिकृत ज्ञानसिंह बुढा लाई सोध्दा सो सम्बन्धि कागाजातहरु सार्वजनिक लेखा समितिकहाँ गैसकेको हुँदा यो विषयमा हाल केहि भन्न नमिल्ने भनि प्रतिकृया दिए ।

यसै बिषयलाई लिई मुगु जिल्लाका युवाहरुले जिल्ला प्रशासन कार्यालय मुगुलाई ध्यानाकर्षण गराएका छन् । सामान्य गरिव नागरिकहरुको स्वास्थमाथी गम्भीर ख्याल ठट्टा भैरहेकोले यस्ता भ्रष्ट मानसिकता भएकाहरुलाई समयमै कानुनको कठघरामा ल्याउन नसके भविष्यमा जनताले दुख पाउने ध्यानाकर्षणका लागी गएका एक रंगकर्मि हिरा बिजुली नेपालीले बताए ।