तिनाउ खोलामा एक पुरुषको शव फेला

फाइल फोटो

दिपेश राज नेपाल
बुटवल :पाल्पाको तिनाउ खोला नजिक एक पुरुषको शव फेला परेको छ ।पाल्पा जिल्लाको तिनाउ गाउँपालिका २, पावर हाउस नजिकै अन्दाजी ३० वर्षको व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तिनाउ नदी किनारमा फेला परेको शब कसको हो अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । केही दिनदेखि तिनाउ नदीको बहाब बढेकाले नदी तर्ने क्रममा बगाएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।