बुटवलमा रकम उठाउदै ठग्दै हिड्ने एक महिलालाई टोलबासीद्वारा पक्राउ

लक्ष्मी श्रेष्ठ,
बुटवल :रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वार्ड नम्बर ११ प्रगति नगर जि.एज टोल एफ सेक्टर टोल बिकास सस्था भित्र रश्मि नाम गरेकी एक महिला रकम ठग्दै हिड्ने क्रममा पक्राउ परेकी छन् ।

उनले बुटवल उपमहानगरपालिका वडा नं ११ अन्तरगत पर्ने प्रगतिनगर जि.एज टोल एफ सेक्टर टोल बिकास सस्था भित्र २/३ दिन देखि म बुटवल उपमहानगरपालिकाले खटाईको जिम्मेवार ब्यक्ति हुँ भन्दै,साथै टोल टोलमा गई यो तपाईंको घर करिडोरले जान्छ भन्दै केही रकम उठाई हिड्ने क्रममा आज बिहान करिब ८:०० बजे टोल बासीहरुले पक्राउ परि नगर प्रहरीको गस्ती टोलि लाई जिम्मा लगाएका छन ।

बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगति नगर एफ सेक्टर टोल बिकाश संस्थाका अध्यक्ष टेक बहादुर गुरुङ (भोटे) लगायत सम्पुर्ण पदाधिकारीहरु उपमहानगरपालिकामा गई प्रसाशकीय प्रमुखसंग छलफल गरि बुटवल उपमहानगरपालिकाको बदनाम गरिएको हुदा उक्त महिलालाई आवश्यकता अनुसार कारबाही गरिपाँउ भनी टोल बिकास सस्थाको तर्फबाट निवेदन दिई उपमहानगरपालिका प्रहरी ईन्चार्ज जयश्वर पाण्डको जिम्मामा ईलाका प्रहरी कार्यलयमा बुझाईएको छ ।

साथै यस घटना पश्चात् सम्पूर्ण टोलबासीहरुलाई सचेत रहन साथै यस्ता ठगहरुको कुरा सुनी भ्रममा नपर्न र टोल सुधार समितिको आधिकारिक ब्यक्ति वा उपमहानगरपालिकाका जिम्मेवार ब्यक्ति अथवा नजिकको प्रहरीलाई जानकारी नदिई कुनैपनि आर्थिक कारोबार नगर्न समेत आग्रह गरिएको
प्रगति नगर एफ सेक्टर टोल बिकाश सस्थाका अध्यक्ष टेक बहादुर गुरुङले भिजन न्युज नेपाललाई जानकारी दिनुए