बुटवलका स्थानियहरुको उपस्थितिमा तटबन्ध निर्माण

लक्ष्मी श्रेष्ठ,
बुटवल : रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ११, टप मझुवाका स्थानियहरुको सकृयतामा टोल सुधार समितिका लगभग सबै सदस्यहरुको उपस्थितिमा तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।

बुटवलको उक्त टप मझुवामा बर्खा यामको सम्भाबित भल तथा बाढी लाई मध्यनजर गर्दै पुरानो तटबन्ध भत्काइ पुन नयाँ तटबन्ध समेत निर्माण गरेकोमा २०७८ असार १ गतेको ठुलो बाढीले भत्काइदिए पछि उक्त स्थानमा पुन बुटवल उपमहानगरपालिका र जनताको सकृय सहभागितामा तटबन्ध निर्माणको काम सम्पन्न भएको छ ।

उक्त तटबन्ध निर्माण कार्य करिब टप मझुवा टोल सुधार समितिका अध्यक्ष हरिभक्त गाहा लगायत करिब ७०(८० जना सदस्यहरु, जनप्रतिनिधीहरु रण बहादुर थापा र नकुल शाही ठकुरी, बुटवल उपमहानगरपालिकाका ईन्जिनियरहरु योगेश चापागाई र ज्ञान प्रसाद अर्याल तथा रुपन्देही जिल्लाका नेता राजेन्द्र ढकाल लगायतको सहभागितामा सम्पन्न भएको थियो ।

यस प्रकारका प्राकृतिक बिपत्तिमा जनताको प्रतक्ष सहभागितामा सहयोग गर्ने तथा बिपदको समयमा एकजुट भई लागिपर्ने कार्यको लागि टोल सुधार समिति तथा सम्पुर्ण सहभागीहरुलाई वुटवल उपमहानगरपालिका वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले उत्कृष्ठ कार्यको लागि सबैमा सलुट ब्यक्त गरेका थिए

तटबन्ध निर्माणकार्यमा तदारुकताका साथ सहभागी हुनुभई काम सम्पन्न गर्न सहयोग पुर्याएकोमा उपस्थित टप मजुवा टोल सुधार समितिका सम्पुर्णमा वडा नं.११ का जनप्रतिनिधीको हैसियतले विशेष धन्यबाद समेत ब्यक्त गरिएको बुटवलबाट नकुल शाही ठकुरीले जानकारी दिए।