

जीवन बहादुर थापा
नेपालगन्ज :कोभिडका कारण पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । कोभिड १९ संक्रमणका कारण बिष्टको आइतबार बिहान निधन भएको हो । सुर्खेतको पश्चिम तातोपानी स्थायी घर भएका बिष्ट पूर्व सञ्चार राज्यमन्त्री बनेका थिइ । उनी नेपाली कांग्रेस सुर्खेत जिल्लाका पूर्व सभापति समेत भएका थिए ।
बिष्टलाई कोभिड १९ संक्रमण भएपछि हेलिकोप्टरमार्फत अक्सिजन मास्क लगाएर काठमाडौँ लगिएको थियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकामा अवस्था थप जटिल बनेपछि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार थालिएको थियो ।
उहाँको उपचारकै क्रममा मृत्यु भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
