रेसिपी : लाखामरी बनाउने सजिलो तरिका

परिचय :
लाखामरी एक प्रकारको रोटी हो ,यो घिउ र मासको मिश्रणबाट बनाइन्छ भने स्वास्थ्यको दृष्टिकोणले अति स्वस्थ्यकर मानिन्छ। लाखामरी विशेषगरी बिवाह व्रतबन्धमा प्रयोग गरिन्छ । लाखामरी खासगरी नेवारी समुदायका मानिसहरुले बनाउने चलन रहेको छ।लाखामरीलाई आकर्षित पार्न विभिन्न प्रकारको डिजाइनहरु पनि बनाइन्छ जस्तै चरा,भ्यागुता कछुवा माछा आदि बनाइन्छ ।

आवश्यक सामगी :
घिउ                        एक कप
मासको पिठो               एक कप
मैदा                        एक कप
चामलको पिठो            तीन कप
चिनी                       आदा कप
चिम्टा                      एक वटा
जेरी कराइ                 एक वटा
एगटा बाक्लो खालको रुमाल लाइ बीचमा सानो दुलो पार्ने र बुलाउज को टाक घर सिलाय जस्तै सिलाउने

बनाउने विधि :
सबैभन्दा पहिले एउटा सफा भाडो लिने ,यसमा एक कप घिउ फिट्ने त्यसपछि मासको पिठो एक कप घिउसँग राखेर फिट्ने । त्यसपछी एक कप मैदा हाल्ने त्यसैगरी तिन कप चामल को पिठो राखेर बेस्सरी माडिसकेपछी हल्का पानी राखेर गिलो गिलो बनाउने दुलो भएकोे रुमालमा राखेर हातले मिलाएर लाखामरी बनाउने पछी चिनीको चास्नी पकाएर राख्ने र रोटी माथी माथिबाट लगाउने चास्नी पकाउनको लगि एक पाउ चिनीमा हल्का एक कप पानी र दुध मिलाएर पकाउने र चास्नी पकाउदा माथि बाट निस्केको फ़ोहोर लाइ छाने यस् पछि पकाएर हातमा च्याप च्याप हुने गरेर पकाउने अनि रोटी माथी दल्ने यसको लागि चिमटा झाजर चम्चा प्रयोग हुन्छ अब लाखामरी तयार भयो।