
देबकी पौडेल,
धादिङ्ग :सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा बाढीपिडित तथा बिस्थापितहरुको लागि लायन्स क्लब अफ काठमाण्डौ हाई भिजन टिमको सकृयतामा एन आरएनए जापान द्वारा मेलम्ची बाढी पिडितहरुलाई राहत बितरण कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्चिका करिब ९० घरधुरी बाढिपिडित तथा बाढी प्रभाबितहरुलाई अति आबश्यक राहत सामाग्रीहरु बितरण गरिएको उक्त कार्यक्रममा झण्डै ४ लाख बराबरको त्रिपाल, ब्ल्याङ्केट, खाध्यान्न तथा औषधीहरु बितरण गरिएको थियो ।
उक्त राहत बितरण कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुमा हार्दिक नमन साथै, सहजिकरण गरेका सहकर्मी साथीहरु, स्थानीय युवा साथीहरु, सुरक्षाकर्मी लगायत सम्पुर्ण स्थानिय बासिन्दाहरुमा विशेष धन्यवाद समेत व्यक्त गरिएको सिन्धुपाल्चोक बाट लायन अग्नि बिलास अधिकारीले भिजन न्युज नेपाललाई जानकारी दिए ।
