यसै वर्ष १ करोड लागतमा निर्माण गरिएको सांस्कृतिक डबली भत्कियो

दाङ :दाङको पर्यटकीय क्षेत्र घोरदौरामा यसै वर्ष निर्माण गरिएको सांस्कृतिक डबली वर्षाका कारण भत्किएको छ ।

घोराही उपमहानगरपालिका-१८ घोरदौरामा भिरालो जमिनलाई सम्याएर बनाइएको डबली भारी वर्षाका कारण भत्किएको हो ।डबलीको पश्चिमतर्फको गाह्रो भत्किएको छ भने मञ्च पनि चर्किएको छ ।

डबलीको दर्शकदीर्घामा लगाइएको पेटी चर्केको छ । जमिन सतहको माटोमाथि पेटी लगाएका कारण माटो दबेपछि पेटी भत्किएको हो । मञ्चको पूर्वतर्फ बनाउँदै गरेको शौचालय पनि भत्किएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालय घोराही मार्फत करिब एक करोड रुपैयाँको लागतमा सांस्कृतिक डबली बनेको थियो ।