
श्री कृष्ण पहरी
काभ्रे :बाढीबाट ठुलो भौतिक क्षेति बेहोरेको सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकालाई काभ्रेको नमोबुद्द नगर पालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नमोबुद्द नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब र बिपद कोषबाट थप गरि ३लाख ३ हजार ३३ आर्थिक सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख टिपी शर्माले भिजन न्युज नेपाललार्इ जानकारी दिएका छन।
मेलम्चीमा बाढिको कारण पुगेको क्षतिमा थोरै भएपनि राहत मिलोस भन्ने उदेश्यले सहयोग गरेको नगर प्रमुख शर्माले बताए ।
