
के.आर.अधिकारी क्षेत्री,
धादिङ्ग :धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर २, पोखरा स्थित जङ्गलको बिचमा अवस्थित अत्ति नै रमणिय स्थानमा रहेको छोचेन गुम्बाको निर्माण तिब्र गतिमा भईरहेको छ ।
करिब १०० बर्ष भन्दा अगाडि देखि नै रहिआएको यो गुम्वा २०७२ साल बैशाख १२ गतेको बिनाशकारी महाभुकम्प पछि भत्कियो र भुकम्पले क्षतिग्रस्त बनाएको उक्त गुम्वा लामो समयसम्म पुनर्निर्माण हुन सकेन पछि २०७७ सालबाट गाउँकै स्थानिय बासिन्दाहरुको अग्रसरतामा आर्थिक संकलन गरि पुनर्निर्माणको अभियानमा शुरु गरे ।
स्थानिय नेत्रावती डबजोङ्ग गाउँपालिकाबाट रु २ लाख र वडा नं.२ को कार्यालयबाट ३ लाख रकम माग गरि उक्त जम्मा ५ लाख र बाकि स्थानिय बासिन्दाहरुको आर्थिक सहयोगमा निर्माणकार्यलाई निरन्तरता दिई नै रहे ।
यसै बिच स्थानिय नेता शुरेस लोप्चन लगायतका टोलीहरुको अनुरोध अनुरुप प्रदेश सांसद माननिय डाक्टर रामकुमार अधिकारीको तर्फबाट सांसद बिकास कोष मार्फत रु २० लाख रकम प्राप्त भएपश्चात उक्त गुम्वा निर्माणको कामले गति पाएको छ ।
उक्त छोचेन गुम्बाबाट छिमेकी जिल्ला नुवाकोट, रसुवा र गोरखाका केही दृश्यहरु अबलोकन गर्न सकिन्छ भने धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपलिकाको सत्यदेबी, दार्खा र झार्लाङ अनि रुबिभ्याली गाउँपालिकाकोको सेर्तुङ, तिप्लिङ र लापाको दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ त्यसैगरि गंगाजमुना गाउँपालिकाको गुम्दी, फुलखर्क, बसेरी र बुढाथुमका दृश्यहरु पनि अबलोकन गर्न सकिनुका साथै त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यानटारको समथर मैदान पनि प्रष्ट रुपमा देख्न सकिन्छ ।
विभिन्न हिमालहरु जस्तै गणेश हिमाल, मनाश्लु हिमाल र माछापुच्छ्रे हिमालको दृश्य पनि नियाल्न सकिने यस रमणिय पर्यटकिय गन्तब्यबाट नुवाकोटको म्यागङ गाउँपालिकाको बर्सुन्चेत र किम्ताङ पनि नजिकै जस्तो देख्न सकिन्छ ।
धन बहादुर तामाङ्गको अध्यक्षतामा निर्माण भईरहेको यस गुम्वामा स्थानियहरुको श्रमदान, संकलित रकम साथै पालिकाको ५ लाख त्यसै गरि सांसद बिकास कोषबाट प्राप्त २० लाख समेत गरि जम्मा अनुमानित ४० लाख भन्दा बढि खर्च भैसकेको साथै यस गुम्वा निर्माण सम्पन्न गर्न अझै २० लाख नपुग हुने धादिङ्गबाट स्थानिय समाजसेवी तथा नेता शुरेश लोप्चनले भिजन न्युज नेपाललाई जानकारी दिएका छन ।
