

सन्तोष निरौला
तेह्रथुम :पुर्ब नेपालको लिम्बुवान प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको म्याङ्लुङ बजार देखि ९र१० कोष उत्तर पुर्ब मध्यपहाडी लोक मार्ग आठराई संक्रान्ति बजार सडक खण्ड फेदाप गाउँपालिका अन्तर्गत इसिबु गाउँ र सम्धु गाउको सिमानामा सुन्दर झरनाको नाम ह्यात्रुङ झरना हो।यो झरना नेपालको दोस्रो ठूलो झरना हो । यसको लम्बाई ३६५ मिटर रहेको स्थानीय तेजमान लिम्बूले जानकारी गराए।
धेरै वर्ष अघि यहाँ मानव बस्ती पातलो र यस झरना वरिपरि घना जङ्गल भएको समयमा एउटा ठुलो हात्तीको हुल इसिबु बाट सम्दु आउदै गर्दा यसै झरना को सिर बाट एउटा हात्ती चिप्लेर लडि मरेको कारण यहाका इस्थानिय आदिवासी लिम्बू जात जातिले आफ्नो भाषा अनुसार यस ठाउँलाइ ताक्मेवा लिङ भन्न थाले ताक्मेवा भनेको लिम्बू भासामा हात्ती हो भने लिङ भनेको चिप्लिनु हो।
यसरी ताक्मेलिङ बाट नामकरण गरियो पछि नेपाली खास भाषासंङ्ग मिश्रति भएर हात्ती मर्नु पुग्यो हात्ती लेङमर्ने भएर यो पनि आप्रवश पुगियो। यस झरनाको नजिकै एउटा इसिबुको गाउलाई सम्बोधन गर्नु थालियो यहि गाउको नजिकै यो झरना भएको कारणले पनि यस झरना को नाम पनि हेत्रेङ छागा हुँदै ह्यात्रुङ झरना नामकरण गरियो। र हाल बिश्व मा नै यहि नामले चिनियो।
