सुुन्दरता बचाइराख्ने ६ ब्यूटी टिप्स

सुन्दरता सवैको चाहना हुने गर्दछ । महिलाहरु सुन्दरताको सवालमा अझै चनाखो हुने गर्दछन् । महिलामा मात्र होइन पुरुषहरुमा पनि सुन्दर बन्ने चाहना हुन्छ ।लामो समयसम्म आर्थात बढ्दो उमेरसँगै कपाल र छालाको सुन्दरतालाई बचाइराख्न भने अवस्य पनि हामीले आफ्नो खानपान र सरसफाइमा ध्यान दिनुपर्दछ ।

सँधै सुन्दर र जवान रहन अपनाउनुस यस्ता व्युटि टिप्स

१. ग्रिन टि पिउनुहोसः छालाको सुन्दरताको लागि ग्रिन टी पिउनु अति उत्तम मानिन्छ । नियमित ग्रीन टि पिउने गर्नाले छालाको सुन्दरतामा निखार ल्याउँदछ । यसले शरिमा रहेका टक्सिनहरुलाई हटाउन मद्धत गर्दछ । यसले अनुहारको धाग धव्बा र डार्क सर्कलहरुलाई हटाएर तपाईको छालालाई सँधै जवान राख्दछ ।

२. प्रसस्त पानी पिउनुहोसः छालाको सुन्दरता बचाइराख्नको लागि प्रशस्त पानी पिउनु पर्दछ । कम्तिमा पनि दिनको आठ गिलाँस पानी पिउनु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ । यसले छालालाई सफा र जवान बनाइराख्न मद्धत गर्दछ ।

३. चिसो पानीले मुख धुनुहोसः दिनमा कम्तिमा पनि दुई पटक सफा चिसो पानीले आफ्नो अनुहार सफा गर्नुहोस । किनकी तातोपानीेले छालाको पोर्स खुलाउन मद्धत गर्दछ जसले धुलोको कणहरु छालाभित्र सजिलै प्रवेश गर्दछन् र यसले छालालाई असर गर्दछ ।

४. सन्तुलित भोजन खानुहोसः सधै सन्तुलित भोजन सेवन गर्नुहोस । खानमा फलफुल , सागापात , गेडागुडी , अनिर्वाय गर्नुहोस जसले तपाईको छालाको सौन्दर्य बढाउन मद्धत गर्दछ ।

५. केमिकल मिसाइएको सौन्दर्य सामाग्रीबाट टाढा रहनुहोसः बजारमा पाइने जथाभाबी सौन्दर्य सामाग्रीहरुको प्रयोग गर्दा अनुहारको छालालाई विगार्ने गर्दछ । यसको प्रयोगले अनुहारमा एलर्जि , डन्डिफोर निकाल्ने गर्दछ । तसर्थ आफ्नो छालाको प्रकृति हेरर चिकित्सकका सल्लाहमा मात्र सौन्र्य सामाग्रीको प्रयोग गर्नुहो ।

६. नुहाउनु भन्दा अगाडी कपालमा नरिवालको तेल लगाउनुसः कपाल महिलाहरुको सुन्दरताको एक महत्वपूर्ण पक्ष हो । महिलाहरुको सुन्दरतामा कपालको निकै ठुलो भुमिका हुन्छ । कपाललाई सुन्दर र बलियो बनाउन नरिवलको तेल महत्वपूर्ण मानिन्छ । यसले कपालमा चमक ल्याउनुका साथै कपाललाई सँधै बलियो बनाइ राख्दछ । तसर्थ नुहाउनु भन्दा करिब एक घण्ट अगाडी नरिवालको तेलले कपाल मसाज गरेर नुहाउनाले कपाल बलियो हुनुको साथै सुन्दर हुन्छ ।