कविता -“ए सरकार! मैले भोट कसरी हालौ”:बोहरा अंकल रामेछाप

“ए सरकार! मैले भोट कसरी हालौ”
ए सरकार !
म तिमिलाई कागजको भोट हालौ
कि, मनभित्र भएको चोट हालौ,

ए सरकार!
मलाई अस्पतालको बेर्ड चाइयो
अक्सिजन चाइयो
चाइयो मलाई पिउने पानी चाइयो

ए सरकार म कसरी भोट दिउ?
म बा कुरेर बसेको छु बा मलाई बचा बचा भन्छ्न
मसग दिनसक्ने अक्सिजन छैन,
दैनिक तिमीहरूलाई कमिसन सहित
अस्पतालमा तिर्ने पैसा छैन

ए सरकार !
तिमी चुनाबका कुरा गर्छौ
मेरा बाउ मर्न लाइनमा छ्न
अनि म
तिमिलाई चुनाब गराउने पैसा
कर तिर्ने लाइनमा छु।

ए सरकार!
समृद्धि कुरा गर्छौं म ३ दिन देखि भोको छु
मलाई तिम्रो चुनाव सम्म बचाउ फेरि,
एकपटक मलाई तिमी र तिम्रा दौरेलाई
भोट हालेर मर्न मन छ।

ए सरकार!
यो चुनाबमा मेरा बाले त भोट हाल्न पाउदैनन्न,
तर
मलाई बचाउ
एकपटक मलाई फेरि तिमिलाई नै भोट हाल्ने मन छ।