
नारायण रिजाल
दैलेख :कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो गईरहेको छ । अन्य सहायक सडकहरुमा पनि यातायातका साधनहरु सञ्चालनमा कठिन भइरहेको छ । दैलेख सुर्खेत खण्डअन्तर्गत चुप्रामा हिलाम्य सडक देख्न सकिन्छ । त्यसबाहेक दैलेख सुर्खेत सडक खण्ड, निर्माणाधीन मध्यपहाडी राजमार्ग लगायत स्थानीय तहको केन्द्र जोड्ने मुख्य सडक र सहायक सडकहरुमा अत्याधिक हिलो तथा खाल्डाखुल्डीले गर्दा यातायातका साधनहरु सहजरुपमा सञ्चालन हुन सकेका छैनन् ।
दैलेखको एक अभिन्न अङ्ग मानिने दुल्लु नगरपालिकामा पनि निर्माणाधीन बाटो वर्षातका कारण निर्माण हुन सकिरहेको छैन । दुल्लु नगरपालिका नजिकैको किर्तीखम्ब चोक अझ धेरै हिलाम्मे देखिन्छ यहाँ त गाडीको कुरा छोडौं मान्छे हिड्न सकिने सम्म अवस्था छैन । असार मसान्त सम्म बाटो निर्माण गरिसक्ने भनेर सम्झौता गरिए तापनि कतिपय बाटोहरु वर्षातका कारण पर्याप्त कामहरु हुन नसकी निर्माणकै क्रममा रहेका छन । एक्कासी केहीदिन अगाडिदेखि आइरहेको वर्षातका कारण उक्त बाटोहरु पूर्णरुपमा निर्माण हुन नसकी हिलाम्य भएका छन् ।
रिपोर्टिङको क्रममा भिजन न्यूज नेपालबाट हामीले केहि स्थानीयलाई प्रश्न गर्यौः
अहिले वर्षातका कारण बाटो निर्माण कार्य रोकिँदा तपाईंलाई कत्तिको अप्ठ्यारो भइरहेको छ ?
उनी भन्छन, अप्ठ्यारो त भनौं अप्ठ्यारै छ । यो बाटो राम्रोसँग बनेत हामीलाई नै सजिलो हो तर यसरी बर्खामा बाटो बनाउन सुरु गर्दा मौसमले साथ नदिँदा बाटोमा हिलो भएको छ । हामीलाई सामान बोकेर आउन जान धेरै अप्ठ्यारो भइरहेको छ । सोचेका थियौं यो बाटो छिट्टै सम्पन्न हुन्छ होला । तर यो बर्खा आएर हो या भाग्यले साथ नदिएको बाटो बनाउन सुरु गरेको केहीदिनमै पानी पर्न सुरु भयो । अहिले त यो बाटोले हामिलाइ नै डुबाउँछ जस्तो लाग्छ । उनी भन्छन यो सरकारले सम्झौता गर्न ढिला गरेका कारण आफू मर्कामा परेको बताए । उनी भन्छन अरु जे जस्तो भएपनि यो बाटो छिटै बनोस् भन्ने आशा छ ।
हामीले त्यही बाटोमा अटो रिक्सा चलाइरहेका एक अटो चालकलाई प्रश्न गर्यो ?
अहिले वर्षातका कारण बाटो निर्माण कार्य रोकिँदा तपाईंलाई यो बाटोका कारण कत्तिको अप्ठ्यारो भइरहेको छ ?
उनी भन्छन यो बाटोले त हामी अटो चलाउनेलाई पो समस्या छ त । हात मुख जोर्ने समस्या पारिसक्यो ।यो लगडाउनले गर्दा राम्रोसँग अटो चलाउन नी पाइएन ।अहिले अलि खुकुलो हुदा यस्तो हातमुख जोर्ने जोहो गरौं भनेर यहाँसम्म आए तर यहाँ भन्दा उता जान पो समस्या छ त । बिचमा बाटो हिलाम्मे छ । यतातिर बाट जाने अटो यतै रोकिएका छन् । उताबाट आउने उतै रोकिएका छन ।
यदि अचानक कसैलाई केही भैहाल्यो भने अस्पतालसम्म जाने अवस्था छैन । हुन त यो बाटो बनिसकेपछी भने हामीलाई सजिलो हो ।तर बर्खामा हिलो हुन्छ भनि जानाजान बर्खामा नै सम्झौता गरी काम सुरु गर्नु नै नराम्रो पक्ष भएको उनले जानकारी दिए । उनी थप्दै भन्छन कि त हिउँदमा नि बाटो बनाइसक्ने गरी सम्झौता हुनुपर्ने कित बरर्खा अगाडिनै निर्माण भैसक्ने गरी विकास निर्माणका कार्य गरे आफुलाई पनि सजिलो पर्ने जानकारी दिए ।
स्थानिय लाई मात्र नभई हामीले एक निर्माण व्यवसायीसँग पनि केही कुराकानी गरेका थियौं ?
वर्षा मासमा नै बाटो निर्माणको कार्यको सम्झौता हुनु र विकास निर्माणका कार्यलाई ढिलासुस्ती हुनुलाई तपाई के भन्नुहुन्छ ?
नाम नखुलाउने शर्तमा उनी भन्छन हामीलाई असार मसान्त सम्म बाटो निर्माण गरिसक्नुपर्ने दबाब हुन्छ । नगरपालिका तथा स्थानीय तहका योजनाहरु मंसिर तथा पुसबाट नै लागू हुन्छन् र चैत्र बैशाख सम्म निर्माण कार्य पुरा भइसक्छ तर केन्द्र तथा प्रदेश सरकार बाट छुट्याइएको योजना को सम्झौता अलि ढिला हुने गर्दछ । प्रदेश सरकारले नै मंसिर पुसमा टेन्डर आह्वान गर्छ तर टेन्डर हालिसकेपछि माघमा टेन्डर पर्छ । काम गर्दागर्दै फागुनमा सम्झौता भई काम सुरु हुन्छ सोही काम हामीले असार मसान्त सम्म सकाउने पर्ने दबाब हुन्छ । हामी काम सुरु गर्छौं । हाम्रो पनि आशा हुन्छ कि यो काम हामी असार मसान्तमै गरी सक्छौं । तर भनेजस्तो हुँदैन यो वर्षातका कारण निर्माण कार्यमा कठिनाई हुन्छ जसको फलस्वरुप तपाईंले देखि राख्नुभएको छ । हामी उभिएकै ठाउँमा पनि हिलो छ ।
हामीले उनलाई अर्को प्रश्न गर्यौंः
अब यो काम त असार मसान्त सम्म सकिँदैन यो भन्दा पछाडि यो काम सुचारु हुन्छ या हुँदैन ?
उनी भन्छन यो काम पानी रोकिय लगत्तै सुरु हुन्छ । यसका लागि हामीले म्याद थप गर्नुपर्ने हुन्छ । उनी भन्छन आशा त हाम्रो पनि हो कि यो बाटो वर्षा सुरु हुनुभन्दा अगाडि नै सकाउने तर भनेजस्तो भएन यो अविरलवर्षाका कारण यहाँका स्थानीयहरुलाई मात्र होइन हामीलाई पनि सास्ती व्यहोर्नुपरेको छ । हुन त यो बाटो मैले निर्माण गर्ने बाटो होइन । यो अरू कुनै कम्पनीलाइ यो बाटो निर्माणको टेन्डर परेको छ होला । तर जसलाई परेपनि यो बाटो निर्माण यस्तै हुनेथियो ।किनकि पानीले यो कम्पनी र त्यो कम्पनी भन्दैन ।
समयमै बाटो निर्माण कार्य सम्पन्न गर्न आगामी वर्षहरुमा के गर्नुपर्ला त ?
उनी भन्छन यदि बाटो समयमै निर्माण गरिसक्नुपर्ने भएमा प्रदेश सरकार होस् या केन्द्रीय सरकार बाटो निर्माणको बजेट छिटै विनियोजन गरी श्रावण भाद्र मै टेन्डर आह्वान गरी सम्झौता गरेमा वर्षा लाग्नु अगाडि नै बाटो निर्माण भइसक्छ जसले गर्दा स्थानीय तथा हामी निर्माण व्यवसायीहरु पछुताउनु पर्दैन ।
उनी भन्छन प्रकृतिलाई रोकेर रोकिँदैन । निर्माण कम्पनीले त बाटो असार मसान्त सम्म निर्माण गरी सक्छौ भनेकै हुन्छ । तर मौसमले साथ दिएन त के गर्ने । न त प्रकृतिलाई रोक्न सकिन्छ । न त रोक भन्न नै निर्माण व्यवसायीले त निर्माण जति छिटो गरिसक्यो त्यति नै फाइदा हुन्छ एउटा काम सक्यो भने अर्को काम गर्न सजिलो हुन्छ । म स्थानीयलाई के आग्रह गर्छु भने अहिलेको समय जे भयो भयो अब बाटो बने भने त हामी सबैलाई सजिलो हुने होइन र । हाल अब जसोतसो दुःख काटौ ।
हाल सुर्खेत दैलेख सडक खण्ड मात्र होइन दैलेख दुल्लु तथा दुल्लु सुर्खेत सडकखण्ड पनि निर्माणाधीन अवस्थामै छ । यो बाहेकका अन्य सडक खण्डहरू पनि निर्माण हुने क्रममै छन् कुनैमा ग्राभेल भइरहेको छ कुनै कालोपत्रे हुने तयारीमा रहेका छन् । डिठा डाँडादेखि मुल्कि जोड्ने सडकखण्ड पनि तटबंधन तथा ग्राभेल भइरहेको छ । यो बाटो सुरुहुँदा बित्तिकै पानी परिरहेको छ । चौतारा बजार नजिकै बाट निर्माणकार्य सुरु भएको यो सडक अहिले ठप्प छ पुरानो बाटोमा नै ढुंगा राखिएको छ जहाँबाट न त मोटरबाइक चलाउन सकिन्छ न त अन्य यातायातका साधन नै नजिकै तडबन्धन गर्दा राखिएका ढुङ्गा मौसमका कारण पन्छाउन सम्म सकिरहेका छैनन् ।
यहाँ नजिकै बसोबास गर्ने स्थानीय रहेका स्थानीय आक्रोश व्यक्त गर्दै भन्छन् न त बाटो राम्रो बनाए न त हिँड्ने बाटो नै छोडे । कि त वर्षा पहिले सम्पन्न गरिसक्नुपर्ने कि त अली ढिला सुरु गरेपनि हुने । यही बर्षामा नै सुरु गर्ने अनि र हामी जनतालाई अप्ठ्यारो । बजारसम्म गएर खाद्यान्न बोकेर ल्याउनु पर्ने हामी गाउँलेहरुलाई यो बाटो नै बन्द हुँदा तपाई आफै पनि सोच्नुहोस् हामीलाई कति अप्ठ्यारो भएको होला । वर्षामा मौसमले साथ दिँदैन भन्ने त सबैलाई थाहा हुन्छ । आखिर किन वर्षा नै सडक निर्माणका कार्यहरु शुरु हुन्छन् । उनी भन्छन । यसै दुःख पाई बाटो बनाउनु भन्दा त बरु पहिलेजस्तै उकाली-ओराली नै ठिक थियो ।
उनीहरू यति प्रश्न गरिसकेपछि हामीले दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ्ग शाहीलाई फोन सम्पर्क गर्यौं ।
अरु समयमा नभएर वर्षातको मौसममा नै सडक निर्माणका कार्यहरू अघि बढ्नु र अन्य मौसममा यो कार्य किन अगाडि बढ्न सक्दैन ?
सरकारको बजेट विनियोजन गर्ने र कार्यान्वयन चरणको क्लाइमेक्स समय जुन समयमा निर्माण व्यवसायीहरूको पनि अन्तिम भुक्तानी तथा प्रमाण(पत्र पाउने समय असार मसान्त सम्म रहेको हुन्छ । निर्माण व्यवसायीले पनि आफ्नो अन्तिम भुक्तानी तथा प्रमाण(पत्र लिनको लागि असार मसान्त सम्म यो काम सम्पन्न गर्ने प्रयास गर्छन् ।
कतिपय योजना यति लामो हुन्छन् कि मंसिर पुष बाट नै काम गर्न शुरु गरिए तापनि असार मसान्त सम्म सकिँदैनन जसले गर्दा नागरिकहरूलाई अप्ठ्यारो पर्ने गर्दछ । नागरिकहरूले यो पनि बुझी दिनु पर्दछ कि बाटो बने भने हामी सबैलाई सजिलो हो ।
अर्को कुरा केछ भन्दाखेरी हाम्रो नेपाल सरकारको नीतिनियम अनुसार असार मसान्तमा आर्थिक वर्षको अन्त्य हुने र साउन बाट नयाँ आर्थिक वर्ष सुरु हुने गर्दछ । सम्पूर्ण जनप्रतिनिधि को आवाजलाई एकमुष्ट भन्नु पर्दा खेरी आयोजना निर्माण गर्दा साउन र भाद्रमा टेन्डर आह्ववान गर्ने, विज्ञापन गर्ने जस्ता कामहरु गरी असोज मुक्ति बाट नै कामको थालनी गर्ने हो भने निर्माणकार्य अझ छिटो सम्पन्न हुने बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ्ग शाहीले सम्पुर्ण वडा एउटा जनप्रतिनिधि तथा नगर प्रतिनिधिहरुलाई पनि अब आगामी वर्षमा हुने आयोजना निर्माणका कामहरुका लागि आर्थिक वर्ष सुरु हुँदा लगत्तै अर्थात श्रावण र भाद्र मा नै विज्ञापन तथा टेन्डर आह्वान गरी निर्माण कार्यको शुभारम्भ गर्न सुझाब तथा आह्वान गरेका छन् ।
असार मसान्त सम्ममा विकास निर्माणका योजनाहरु सम्पन्न नभएमा खर्च बढ्ने गर्दछ । त्यसकारण व्यवहारिक रुपमाअब हामीले यो भन्दा अगाडिका विकास भन्दा पनि यो भन्दा पछाडिका विकास निर्माणका काम र काम गर्ने मोडेल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
८ उहाँलाई हामीले अर्को प्रश्न गर्यौः
(निर्माण व्यवसायीका अनुसार सरकारी निकायले नै टेन्डर आह्वान गर्दा मंसिर पुष मा टेन्डर आह्वान गर्ने गर्दछरु अर्थात टेन्डर आव्हान गर्न ढिला गर्दछ र निर्माण कार्य ढिला हुन्छ भनेर भन्नुभएको छ यस प्रश्नलाई तपाईंले कसरी लिनुहुन्छ र?
उहाँ भन्नुहुन्छ समग्र दुल्लु नगरपालिका लाई नै हेरेर भन्यो भने साउन भाद्रमा नै पनि टेन्डर आह्वान भएका छन् । कतिपय निर्माण व्यवसायीले आफूले लिएको टेन्डर बिट गरिदिनुहुन्छ । यसको अभिलेख तपाईले कार्यालयबाट पनि पाउन सक्नुहुन्छ । हामीले कहिले टेन्डर आह्वान गर्यो कहिले सम्झौता भयो र कहिले विकास निर्माण सुरु भयो ।
उनी आफै भन्छन कि दुल्लु नगरपालिकाको कुरा गर्दा कृतिखम्ब चोकको बाटो जस्ता अन्य दुई चारवटा सडक निर्माणका कार्यहरुमा के भइदियो भने पहिले टेण्डर हालेका र टेन्डर परेका केही कम्पनीहरुले उक्त कामको ठेक्का सम्झौता गरी निर्माण गर्न नसकिने बताए र हामीले पूर्ण नयाँ टेन्डर आह्वान गर्दा अलिकति त समय लागिहाल्छ यो दुल्लु नगरपालिकाको नभएर उहाँहरु पनि कमजोरी रहने गर्छ ।
दोस्रोपटक टेन्डर हालिसकेपछि उहाले काम शुरु गर्नुहुन्छ र अर्को समस्या के निस्किन्छ भने जहाँको फिल्डमा उहाँहरुको काम शुरु गर्नुहुन्छ त्यहाँका स्थानीयहरुले पनि काम अवरुद्ध गर्नुहुन्छ । अर्थात विवाद निकाल्नुहुन्छ । रवा हरूको विवाद समाधान नभएसम्म निर्माण व्यवसायीले आफ्नो सामान जथाभावी बाटोमा फाल्न पनि त सक्दैन । र वहाँहरुको विवाद मिलाउँदा मिलाउँदै पनि ढिला हुन्छ उसो त सबै कुरा निर्माण व्यवसायीलाई मात्रै पनि भन्न सकिँदैन ।
जनसमुदायले विवाद नगरिकन विकास निर्माण गर्न सहयोग गरेमा अझ छिटो निर्माण काम सम्पन्न गर्न सकिन्छ । यस्ता सामाजिक समस्याहरुलाई न्यूनीकरण गरी विकास निर्माण कार्यमा सहयोग गर्न आग्रह गरे । उनी भन्छन यस भिजन न्युज नेपालले उठाएका प्रश्नहरु समयसान्दर्भिक छन् । यस्तै मिडियाकर्मीहरुले पनि स्थानीयहरुलाई सकरात्मक सोच तर्फ लैजान सहयोग गर्नुपर्ने उनी बताउछन ।
