संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं :किस्ट अस्पतालमा उपचार गराइरहेका संस्कृतिविद् एवम् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन । नौ दिनदेखि अस्पतालमा उपचारत जोशीलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई जेठको २६ गते अस्पताल भर्ना गरिएको थियो। उनको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

एक हप्तापछि छाती रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतिको टोलीले जोशीको फलोअप गर्नेछ।